सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धी २ दिने कार्यशाला शूरु

|

बर्दिया । गुलरिया बर्दिया बर्दिया जिल्लाको मधुवन,वारवर्दिया, ठाकुरबाबा नगरपालिकाका र गेरुवा गाउपालिकाको परियोजना बिद्यालयका शिक्षकहरुले आगामी दिनमा आफनो विद्यालयमा सकारात्मक सिकाइको वातावरण सिर्जना गर्ने वातावरणका लागी प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह( बी– ग्रुप) को आयोजनामा सन्चालित २ दिने सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धि शुरु गरिएको छ ।
सो कार्यशालामा सकारात्मक सोच, खुसीका लागि शिक्षा, सकारात्मक सोच र आत्म ब्यवस्थापन र प्रसंशात्मक खोजी विधिको चर्चा, विद्यालयको प्रभावकारी नेतृत्व ब्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीहरुको आचारसंहिता र किशोरावस्थाका परिवर्तन र विशेषताहरु साथै सुरक्षित बिद्यालयको अबधारण बारेमा प्रशिक्षक बखत बहादुर भण्डारीले प्रशिक्षण गर्नुहुने कार्ययोजना बनाएको छ ।

सो तालिममा अतिथिका रुपमा पाल्नु भएको शिक्षा बिकास तथा समन्वय इकाई बर्दियाकी कार्यालय प्रमुख रेबिका अमात्यले यस तालिमले आफनो नीजि जिवन र शिक्षण पेशामा सकारात्मक सोचाई गर्नमा थप टेवा पुग्ने र सृजनात्मक ब्यवहार गर्न अभिप्रेरित हुने सुभकामना दिनुभएको छ । कार्यशाला मा सिकेका बिषयबस्तु बिद्यालयको कक्षाकोठामा लागु गरि अन्तिम सफलता बालबालीकाको सिकाइ उपलब्धी वृद्दि र निरन्तरता भएको खण्डमा यसको उपलब्धीहुने भएकाले बिगत देखि सस्थाले संचालन गर्ने कृयाकलापमा समन्वय अनुगमन निरिक्षण भएको र आगामि दिनमा यस कार्यलाई निरन्तरता रहने प्रतिबद्दता गर्नुभएको छ।
त्यसैगरि प्लान इन्टरनेशनल नेपाल बर्दिया जिल्लाका फोकल प्रशन वालविवाह न्युनिकरण परियोजनाका फोकल प्रसन बिमल गैरेले बाल विवाह विरुद्ध अभियान मार्फत बिद्यालय स्तरमा समाबेशि तथा सिकाइ बातावरणका लागी बिभिन्न कृयाकलाप मार्फत काम गरिरहेको छ । परियोजना संचालन पश्चात परियोजना बिद्यालयमा सुरक्षित तथा भएरहित सिकाइ बातावरणका लागी गुनासो सुनवाई समन्यत्र कृयाशिल रहेका सबै बिद्यालयमा आचारसंहिता निर्माण गरि सबै पक्षमा छलफल गर्ने र यसलाई कार्यान्वयन गर्ने गरिरहेको छ । बिद्यालय र कक्षाकोठामा सकारात्मक र विभेद रहीत सिकाईको वातावरण निर्माण गर्ने प्रयास समन्वय तथा सहकार्य गर्नेगरिएको बताउनु भयो ।

बी– ग्रुपद्धारा सन्चालित बाल विवाह न्युनीकरण परियोजनाको उद्धेश्य विद्यालयहरुमा छात्राहरुको निरन्तरताका लागि सहकार्य गर्ने ,किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ज्ञान प्रदान गर्न सहयोग गर्ने,युवा विशेष गरि किशोरी तथा युवा महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्नका लागि सहयोग तथा सहकार्य गर्ने,परम्परागत हानिकारक अभ्यासहरुबाट समाजमा भएका विभेदकारी मुल्यमान्यताहरुलाई परिवर्तन गर्न सहकार्य गर्ने र बाल संरक्षण तथा युवा सहभागिता सम्बन्धि नीतिगत ब्यवस्था सुदृढ गरि बाल विवाह, छिटो विवाह र दवावमा हुने विवाहलाई न्युनीकरण गर्न समन्वय तथा सहजीकरण गर्ने रहेको परियोजना का प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।

२०८० फाल्गुन १, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।