विश्वमा कोरोना संक्रमतिको संख्या एक करोड पार गरेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८१ हजार ५४५ पुगेको छ ।
अहिलेसम्म मृत्यु हुने ५ लाख १ हजार २९८ पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ५३७ जना संक्रमित भएका छन् भने अमेरिकामा एक लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ । ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जना संक्रमित भएका छन् भने ५७ हजार १०३ को मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना ठिक भएका छन् । रसियामा अहिले सम्म ६ लाख २७ हजार ६४६ जना संक्रमित भएका छन् भने ८ हजार ९६९ जनाको मृत्यु भएको छ । रसियामा अहिलेसम्म ३ लाख ९३ हजार ३५२ जना ठीक भएका छन् ।
त्यस्तै विश्वभर कोरोनाबाट ठिक हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ रहेको छ ।
भारतमा ५ लाख २९ हजार ५७७ जना संक्रमित भएका छन् भने १६ हजार १०३ जनाको मृत्यु भएको छ र पछिल्लो अबस्थामा भारतमा कोरोना संक्रमित धेरै बढिरहेको छ त्यस्तै भारतमा ३ लाख १० हजार १४६ जना ठिक भएका छन् ।