
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो ।
नयाँ मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६३।५०, दोस्रो वर्गमा १६५, र तेस्रो वर्गमा १६६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १५३।५०, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ कायम भएको छ ।