जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम साथ मनाइँदै

|

काठमाडौं,

तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ पार्टीनिकट संघ संस्थाहरुले पनि देशैभरी विविध कार्यक्रम गरी मदन जयन्ती मनाउँदैछन् ।

वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँधुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोरा मोतीराज भण्डारीको रुपमा मदन भण्डारीको जन्म भएको थियोे ।

भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने जानकारी प्राप्त भएको छ ।

भण्डारी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका, सिद्धान्तनिष्ठ राजनीतिज्ञका प्रवर्तक हुनुहुन्छ ।

उहाँले दिनुभएका योगदानलाई चिरस्थायी बनाउने उदेश्यले वि.सं. २०५६ सालमा मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापित मदन भण्डारी फाउण्डेशनले हरेक वर्ष देशव्यापीरुपमा विविध कार्यक्रम गरी मदन जयन्ती मनाउने गरेको छ ।

यस पटक विश्वमा फैलिएको महामारीबाट मानव जातिलाई पारिरहेको प्रभावबाट ‘आफु पनि बँचौ र अरुलाई पनि बचाऔं’ भन्ने उदेश्यका साथ अलिकति फरक ढंगले जन्मजयन्ती मनाउने योजना रहेको जानकारी फ़ाउन्डेशनबाट प्राप्त भएको छ ।

२०७७ असार १४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।