भारत । लेक्स फाउन्डेसनको आयोजनामा भारतको हरियाणामा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालगन्जका हरित अभियान्ता हेमन्त राज काफ्ले सम्मानित भएका छ्न ।
हेमन्तराज काफ्लेले हरित अभियानमा उनी विशेष दिनहरू जन्मदिनमा रुख बिरुवाहरु विशेष गरि सितलचिनी उपहार दिने अभियान चलाएका छन् । उन्ले नेपालको कलाकार, राजनीतिज्ञ, डाक्टरलाई बितरण गर्नु भएको छ । सो सम्मेलनमा मार्टिन लुथर किङ्गको सिद्धान्त ननभाईलेन्स फ्र ट्री नामक कार्यपत्र र सितल चिनिको बारेमा दुई ओटा सेसनमा प्रस्तुति गरेका थिए ।
उनको रुख प्रतिको लगाव देखेर हरियाणाका हरित पुरुष देबेन्द्र र नेपालका हेमन्तलाई बिजेपीका बिधान सभा सान्सद मोहनलाल बडोलिले सम्मान गरेका थिए ।