भुकम्प प्रभावित जेष्ठ नागरिक र सुत्केरीलाई न्यानो कम्बल र सुत्ने खाट सहयोग

|

रुकुम । भूकम्पका कारण बस्ने घर भत्केपछि त्रिपालको छानामुनी परालको विस्तरा बनाएर बस्दै आएका भुकम्प प्रभावित जेष्ठ नागरिक, सुत्केरी र बालबालिकालाई बढ्दै गरेको चिसोले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ । भुकम्पबाट बचेका केही जेष्ठ नागरिकहरु त्रिपालमुनीको बासका कारण चिसोले ज्यान गुमाउन वाध्य भएका तथ्याङ्कहरु पनि बाहिरिएका छन् । भुकम्प प्रभावितहरुका लागि विपद् प्रतिकार्यको कार्यबाट पुनर्लाभका कार्यहरु सञ्चालन गर्नुपर्ने समय भएतापनि जेष्ठ नागरिक, सुत्केरी, गर्भवती, बालबालिका र दीर्घरोगीलाई चिसोबाट बचाउन प्रतिकार्यका कार्यहरु अझै गर्नुपर्ने देखिन्छ ।

यसै सन्दर्भमा भेरी वातावरणीय विशिष्टता समुह (द्यभ्भ् न्चयगउ) ले अक्सफाम नेपालसँग साझेदारी स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी रूकुम (पश्चिम) जिल्लाको सानीभेरी गाउँपालिकाको वडा नं. १ चाईनाबगरमा भुकम्पबाट प्रभावित भएका जेष्ठ नागरिक, सुत्केरी र बालबालिका भएका १०० विपन्न परिवारहरुलाई चिसोबाट बच्न सहयोग पु¥याउने ध्ययले न्यानो कम्बल र फलामको खाट सहयोग गरेको छ । निमित्त वडा अध्यक्ष श्री विमला रोका र निवर्तमान गाउँपालिका अध्यक्ष श्री नरबहादुर पुनको उपस्थितीमा गाउँपालिका र वडाले तयार गरेको लाभग्राहीको सुचीका आधारमा राहत सामग्री वितरण गरिएको संस्थाका परियोजना संयोजक रामराज कठायतले जानकारी दिएका थिए ।
संस्थाले यसभन्दा पहिलो अक्सफामसँग साझेदारी गरी जिल्लाका आठविसकोट नगरपालिका वडा नं. १३ र १४ एवम् सानीभेरी गाउँपालिका वडा नं. १ र ४ का विपन्न परिवारहरुलाई विपद् प्रतिकार्य स्वरुप ग्लास फाईवरको सामुहिक र व्यक्तिगत रुपमा प्रयोग गर्नका लागि ७० थान अस्थायी शौचालय र २६० घरधुरीलाई खानेपानी, सरसफाई र स्वच्छता सामग्री सहयोग गरेको जानकारी परियोजना संयोजक कठायतले जानकारी दिए ।

भुकम्पले घर भत्काएपछि त्रिपालमुनी भूईंमा विस्तरा लगाएर सुत्न वाध्य जेष्ठ नागरिक, सुत्केरी, बालबालिका र दीर्घरोगीलाई बढ्दै गरेको चिसोले स्वास्थ्यमा नकारात्मक असर गरिरहेको कुरालाई मध्यनजर गरी चिसोबाट बच्नका लागि सहयोग पु¥याउने ध्ययले संस्थाले अक्सफाम नेपालसँग साझेदारी गरी प्रति घरधुरी करिब रु. ६ हजार नौ सय मूल्य बराबरको न्यानो कम्बल र खाट सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले जानकारी दिए । साथै संस्थाले अक्सफामसँगको साझेदारी र सम्बन्धित पालिकासँगको समन्वयमा सानीभेरी गाउँपालिका वडा नं. १ र ४ एवम् आठविसकोट नगरपालिकाको वडा नं. १३ र १४ मा भुकम्पबाट भत्किएका विपन्न घरधुरीका शौचालय कामका लागि नगद मार्फत निर्माण गर्नका लागि परियोजना सञ्चालन गरिरहेको कुरापनि कार्यकारी निर्देशक सुनारले जानकारी दिएका थिए ।

२०८० पुष २८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।