भालुवाङको राप्ती नदीमा बस खस्यो, उद्धार जारी

|

दाङ । दाङको राप्ति गाउँपालिका-१ स्थित राप्ती पुलबाट बस खसेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस राप्ती नदीको पुलबाट नदीमा खसेको छ । दाङको भालुवाङ स्थित राप्ती पुलबाट बस नदीमा खसेको हो ।

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस राप्ती पुलबाट नदीमा खसेको राजमार्ग ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । प्रहरी र स्थानीयले घाइतेहरुको उद्दार कार्य थालेका छन् । घटनाको बिस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी टोलीले उद्धार जारी राखेको छ । केही घाइतेलाई अस्पताल लगिँदैछ ।

२०८० पुष २७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।