
नेपालगन्ज । लायन्सका संस्थापक मेल्बिन जोन्सको १४५औं जन्मोत्सवको सप्ताह ब्यापी कार्यक्रमको आज चौथो दिन लायन्स क्लब अफ नेपालगन्ज ईनोभेटिभको आयोजनामा बैजनाथ ४ बनियाभर स्थित दिर्घ कालिन अपाङ्ग पुनर्स्थापन केन्द्रमा रहनु भएका २१ जना शारिरिक रुपले अपाङ्ग वृद्ध , बालक असहायहरुका लागि न्यानो कपडा कम्बल , पि फर्म र डाईपर बितरण कार्यकम ईनोभेटिभका अध्यक्ष सुशिला सिह चन्दको अध्यक्षता र डिस्ट्रीक गबर्नर मुकुट ढकालज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
बिश्वको सबै भन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको १४५ औं जन्मोत्सव डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया नं. ४ बाँके जिल्लामा पौष २२ गते देखि २८ गते सम्म लायन्स क्लबहरुले सामाजिक, स्वास्थ , बातावरण लगायतका बिबिध क्षेत्रमा काम गर्दै मनाई रहेको छ भने आज ईनोभेटिभ क्लबले न्यानो कपडा कम्मल, पि फर्म र डाईपर बितरण कार्यक्रम गरेको हो ।
कार्यक्रम संयोजक तथा एक्जुकेटिभ चिफ ला. सरिता शाक्यले कार्यक्रमको उद्देश्य र कार्यक्रम माथी प्रकाश पार्नु भएको उक्त कार्यक्रममा ला. मिना ढकाल फस्ट लेडि, क्याबिनेट सेक्रेटरी उमा थापा मगर, क्याबिनेट ट्रेजर ला. तेज प्रकाश अधिकारी, सिनियर एक्जुकेटिभ चिफ ला. चिन्तामणी धिताल , एरिया सेक्रेटरी ला. राजु रिजाल, रिजन चियरपर्शन ला. बिनय श्रेष्ठ , पुनर्स्थापना केन्द्रका ब्यबस्थापक टेकराज जैसी संचारकर्मी तथा ईनोभेटिभ सदस्य शंकर खनाल,क्लबका कोषाध्यक्ष शोभा श्रेष्ठ , लियो क्लब अध्यक्ष लगायतको उपस्थिति रहेको थियो उक्त कार्यक्रमको संचालन ईनोभेटिभ सदस्य ला. शोभा गुरुङले गरेकी थिईन ।