मेल्विन जोन्सको जन्मोत्सवमा सप्ताहब्यापी सामाजिक कार्यक्रमहरु सञ्चालन हुदै

|

नेपालगन्ज / लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनले लायन्सका संस्थापक मेल्विन जोन्सको जन्मोत्सव पारेर बाँके र बर्दियामा सप्ताहब्यापी सामाजिक सेवाका कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया नम्बर ४ बाँके र बर्दियाका लायन्स क्लबहरुको संयुक्त आयोजनामा बाँके र बर्दियामा पुस २२ गतेदेखि सप्ताहव्यापी सामाजिक सेवाका कार्यक्रम हुन लागेका हुन् ।

नेपालगन्जमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पुष २२ गतेदेखि २८ गतेसम्म गरिब र विपन्नहरुलाई मध्यनजर गरेर महिला क्यान्सर सम्बन्धि परीक्षण, न्यानो कपडा वितरण, स्वास्थ्य शिविर (आँखा, कान, घाँटी, मधुमेह, दन्त, एचआइभी), खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, सर्जिकल र औषधि वितरण, सरसफाई, रक्तदान, वृक्षारोपण, फेलोसिप लगायतका कार्यक्रमको आयोजना गरिएको १४५ ओं मेल्विन जोन्स डे सेलिब्रेसन कार्यक्रम संयोजक सरिता शाक्यले जानकारी दिइन् ।

लायन्स क्लब इन्टरनेशनल विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था हो। सन् १९१७ सालमा लायन्सका संस्थापक मेल्विन जोन्सले स्थापना गरेको लायन्स क्लव इन्टरनेशनलमा १४ लाख बढी सदस्यहरु आवद्ध छन् । १ सय ५ वर्षदेखि विश्वको सामाजिक सेवामा अग्रसर लायन्स क्लब सन् १९७१ सालदेखि नेपालमा पनि क्रियाशिल छ । नेपालमा करिव ५० हजार सदस्य लाइन्स क्लब इन्टरनेसनलमा सदस्य रहेका छन् ।
विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको जन्म सन् १३ जनवरी १८७९ मा भएको हो।

लायन्सले काम गर्ने मुख्य ६ वटा क्षेत्र क्यान्सर, भोकमरी, वातावरण, दृष्टि, युवा, मानवियता तथा फेलोसिप र अन्य सामाजिक कार्यहरुलाई प्राथमिकतामा राखेर मेल्विन जोन्स डे मनाउने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट गभर्नर मुकुट ढकाल, पूर्व डिस्ट्रिक्ट गभर्नर सेम शाक्य र मधुसुदन शर्मा रिजाल, डिस्ट्रिक सेक्रेटरी उमा थापा मगर लगायतको उपस्थिति थियो। अग्रज लायन्सकर्मीहरुले लायन्सले गरिरहेका काम तथा आगामी योजनाबारे चर्चा गरेका थिए।

२०८० पुष २०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।