
द वल्र्ड नेपाल न्युज डट कमका प्रमुख सम्पादक डोल्मा लामा पनि चयन
अमेरिका / नेपालीजम डट कमले यो वर्ष सन् २०२३ को लागि ChangeMakers (परिवर्तनका संवाहक) घोषणा गरेको छ । समाजमा योगदान पुर्याएका या नेपालीत्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका १६ व्यक्तित्वहरू मध्ये १३ नारीहरूको ८१.२५% र ३ पुरूषहरूको १८.७५ प्रतिशत प्रतिनिधित्व भएको छ भने ५ वटा संस्थाहरू चुनिएकाछन् । यसरी १६ व्यक्तित्वहरू मध्ये द वल्र्ड नेपाल न्युज डट कमका प्रमुख सम्पादक डोल्मा लामा पनि परिवर्तनका सम्वाहकमा चुनिनु भएको छ । लामा विगत लामो समयदेखि अमेरिकामा रहदै आउनुभएको छ साथै लामा सन्चार क्षेत्रमा कलम चलाउदै आईरहनुभएको छ ।
नेपालीजम डट कमले परिवर्तनका संवाहक) को तेश्रो संस्करण सन् २०२२ को लागि चुनिएका ८ व्यक्तित्वहरू मध्ये ५ नारीहरूको छनौटबाट ६२.५ प्रतिशत प्रतिनिधित्व रहेको थियो। दोश्रो संस्करण सन् २०२१ को लिष्टमा कूल ४७ व्यक्तित्व र संघसंस्थाहरुलाई चुनिएको थियो । जसमध्ये महिलाहरु ११ जना (२७.५ प्रतिशत रहेको थियो भने पहिलो संस्करण सन् २०२० को लिष्टमा कूल ८५ व्यक्तित्व र संघसंस्थाहरु मध्ये महिलाहरु १५ जना (२२ प्रतिशत) रहेको थियो ।
हरेक वर्ष महिला व्यक्तित्वहरूको खोजी, पहिचान र उनीहरूले गरेको तरक्कीको बढोत्तरी देखिनु र कदर गरिनु भनेको समाजको सही प्रतिविम्व गरिनु पनि हो। नेपालीजमका प्रमुख सम्पादक प्रदिप परियार थापाले नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित हुने ब्यक्तित्वलाई सम्मान गरि आफनो समाजप्रति जिम्मेवार नागरिक बन्न अभिप्रेरित गर्ने हेतुले यो अभियान सन्चालन गरिको बताउनुभयो ।