
सोम गुरुङ,बर्दिया । बढैयाताल गाउँपालिकाको शान्तिपुरमा दोश्रो वडा स्तरीय फुटबल प्रतियोगितामा आज भएको पहिलो खेलमा निर्धारण गरेको समयावधिमा खेल बराबरी भए पछि पेनाल्टी सुटमा वडा न ८ ले वडा न.९ लाई ५ गोलको विरुद्ध ६ गोल प्रहार गरि वडा नं.८ बिजयी भएको छ ।
त्यसै गरि दोस्रो खेलमा पनि निर्धारण गरेको समयावधिमा खेल बराबरी भए पछि पेनाल्टी सुटमा वडा न ४ ले वडा न. ७ लाई २ गोलको विरुद्ध ५ गोल गरि वडा न.४ बिजयी भएको छ । खेल एकदम प्रतिष्पर्धात्मक तथा रोमाञ्चक भएको थियो । श्री जगम्बिका माविको खेल मैदानमा भएको सो खेल हेर्न दर्शकहरुको घुईचो रहेको छ ।
न्यु शान्ति स्पोर्ट्स क्लबको आयोजना तथा बढैयाताल गाउँ पालिका वडा न. १ को समन्वयमा सो फुटबल प्रतियोगिता शुरु भएको छ । पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष प्रेम पुनले जानकारी दिनुभयो । खेलमा प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २५ हजार नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।