शान्तिपुरमा दोश्रो वडा स्तरीय फुटबल प्रतियोगिता शुरु

|

आजको खेलमा वडा न. १ बि र वडा न. ८ बिजयी

बर्दिया । बढैयाताल गाउँपालिकाको शान्तिपुरमा दोश्रो वडा स्तरीय फुटबल प्रतियोगितामा आज भएको पहिलो खेलमा निर्धारण गरेको समयावधिमा खेल बराबरी भय पछि पेनाल्टीमा वडा न ८ ले वडा न. ६ लाई ३ गोलको विरुद्ध ४ गोल गरि बिजयी भएको छ ।
त्यसै गरि दोस्रो खेलमा वडा न १ बि ले वडा न. ५ लाई ० गोलको विरुद्ध ३ गोल गरि बिजयी भएको छ ।

न्यु शान्ति स्पोर्ट्स क्लबकोआयोजना तथा बढैयाताल गाउँ पालिका वडा न. १ को समन्वयमा सो फुटबल प्रतियोगिता शुरु भएको छ । बढैयाताल गाउँ पालिका वडा न. १ का वडा अध्यक्ष प्रेम बहादुर थापा र वडा न. २ का वडा अध्यक्ष डिलादेब गिरिले मैनबत्ती बालेर खेलको उदघाटन गर्नु भएको थियोे । अतिथिहरुले फुटबल रेफ्रीलाई हस्तान्तरण गरि खेलको सुरुवात गरिएको थियो ।
बल हस्तान्तरण गर्नु हुँदै वडा अध्यक्ष प्रेम बहादुर थापाले फुटबल खेलाडीलाई थप हौसला प्रदान गर्न देश बिदेशमा रहनु भएको खेलप्रेमीलाई सहयोग तथा सहकार्यको समेत आह्वान गर्नु भएको छ ।
पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष प्रेम पुनले जानकारी दिनुभयो । खेलमा प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २५ हजार नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

२०८० पुष १०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।