दिगो विकासका लक्ष्य सम्बन्धी क्याम्पस स्तरीय अभियान बाँके र बर्दियामा सम्पन्न

|

बाँके । बाँकेका ४ र बर्दियाका ४ क्याम्पसहरूमा दिगो विकासका लक्ष्य सम्बन्धी क्याम्पस स्तरीय अभियान सम्पन्न भएको छ । बर्दियामा स्थित मैनापोखर शारदा बहुमुखी क्याम्पस, बबई बहुमुखी क्याम्पस, बाँसगढी बहुमुखी क्याम्पस र बर्दिया बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ भने बाँकेको महेन्द्र बहुमुखी क्याम्पस र अल्पाइन म्यानेजमेन्ट कलेज, बागेश्वरी बहुमुखी क्याम्पस र ज्ञान बहुमुखी क्याम्पसम सो कार्यक्रम सम्पन्न भएको छ ।

संयुक्त राष्ट्र सघंद्वारा सन् २०१५ मा दिगो विकासका लक्ष्य हासिल गर्न तय गरिएका १७ वटा लक्ष्यहरूका सम्बन्धमा जानकारी दिने उद्देश्यले नेपाल भरिका करिब १०० वटा क्याम्पसहरूमा स्नातक तहका विद्यार्थीहरूलाई १० दिने अभियानको सुरुवात भएको थियो ।

सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यका साथ सुरु गरिएको सो अभियान लुम्विनी प्रदेशका बाँके तथा बर्दिया जिल्लामा पनि सुरु भएको थियो । कार्यक्रम सहजकर्ता प्रख्यात लम्साल र सोम गुरुङद्वारा सञ्चालित यस कार्यक्रममा स्नातक तहका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालनका क्रममा क्याम्पस प्रमुखहरू तथा अन्य प्राध्यापकहरूको समेत साथ र सहयोग प्राप्त भएको थियो ।

सहजीकरणका क्रममा सहजकर्ता सोम गुरुङले दिगो विकासका लक्ष्यहरु सम्पुर्ण राष्ट्र पालना गर्नु पर्ने बताउनु भएको थियो । अर्का सहजकर्ता प्रख्यात लम्सालले दिगो विकासका लक्ष्यका बारेमा पाएको ज्ञानहरु अरुलाई पनि जानकारी दियो भने सार्थकता पाउने बताउनुभयो ।

आ–आफ्नो क्षेत्रबाट दिगो विकासका लक्ष्य हासिल गर्नका लागि तत्काल कार्यान्वयनमा जानु पर्ने अपरिहार्य देखिएको छ । यस कार्यक्रमको मुख्य आयोजक विश्व खाद्य सङ्गठनको सहकार्यमा वल्र्ड फुड फोरम र नेपाल सरकार रहेका छन् । कार्यक्रम सञ्चालनार्थ आवश्यक सामग्रीहरू वल्र्ड फुड फोरम नेपालले उपलब्ध गराएको थियो ।

२०८० पुष ४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।