स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश र भिजिवल इमप्याक्ट विच समन्वयात्मक बैठक सम्पन्न

|

सागर परियार , दाङ । लुम्विनी प्रदेशको भालुवाङ्गमा रहेको स्वास्थ्य निर्देशनालयमा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश र भिजिवल इमप्याक्ट विच समन्वयात्मक बैठक सम्पन्न भएको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार,किशोर किशारी मैत्री स्वास्थ्य सेवा सम्बन्धी निर्देशिका र अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिकामा ब्यापक छलफल भएको थियो ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका कार्यक्रम समन्वय तथा जनसंख्या शाखाका कौशल भन्डारीले किशोर किशारी मैत्री स्वास्थ्य सेवा सम्बन्धी निर्देशिकाको बारेमा जिल्ला भर सवैलाई पठाई अभिमुखिकरण पनि गरि सकिएको जानकारी दिनु भएको थियो । साथै अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिकाको बारेमा प्रदेश स्तरमा अभिमुखिकरण भएको भए पनि जिल्ला स्तरमा पुग्न नसकेको र अव छिट्टै त्यो पुग्ने पनि बताउनु भयो । भिक्याट स्वास्थ्य सेवा प्रदायकहरुलाई भैसकेको र जिल्लामा पनि यस सम्बन्धी बजेट भएको ले लुम्विनी प्रदेशका पत्रकारहरुका लागी भिजिबल इम्प्याक्टले तालिम दिनको निम्ती पनि अनुरोध गर्नु भएको थियो ।

भिजिबल इम्प्याक्टको स्थापना र अहिले सम्म गरेका कामको बारेमा अनुदान अधिकृत अनुसा पराजुलीले जानकारी दिनुभएको थियो । त्यस्तै अनुगमन मुल्यांकन अधिकृत उर्जा हुमगाईले किशोर किशारी मैत्री स्वास्थ्य सेवा सम्बन्धी निर्देशिका र अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिकाको बारेमा जानकारी गराउदै सेवा प्रवाह कार्यन्वयनमा यो अतिनै महत्वपुर्ण रहेकोले लुम्विनी प्रदेशमा यसको कार्यन्वयमा भिजिबल इम्प्याक्ले सहयोग गर्न तयार रहेको भन्दै जानकारी दिन आग्रह गर्नु भएको थियो ।

खास गरि मुस्लिम समुदाय,दलित समुदाय र ग्रामिण भेगमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा अभै पनि जानकारी नै नभएको ले यस क्षेत्र तिर केद्रित भएर सचेतनाका कार्यक्रमहरु गर्नको लागी बैठकमा सहभागी अनुरोध गरेका थिए । त्यस्तै लुम्विनी प्रदेशमा युथ च्याम्पीयनहरुले गरेका काम र आगामी गतिविधिहरुको बारेमा च्याम्पीयन प्रवेश पौड्यालले जानकारि दिनुभएको थियो भने कार्यक्रम युथ च्याम्पीयन कुशल डुम्रेको संचालनमा सम्पन्न भएकको थियो ।
भिजिबल इम्प्याक्ट वि.स. २०७२ मा स्थापना भई युवाद्वारा नेतृत्व गरिएको संस्था हो । जसले महिला, किशोरी, र युवालाई लक्षित गरि उनीहरुको स्वास्थ्य अधिकार र क्षमता वृद्धिमा काम गरि रहेको छ ।

२०८० मंसिर २६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।