बारबर्दिया नगरपालिकाका परिवर्तनका संवाहकहरुलाई सम्मान गर्दै बिदाई

|

बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका परिवर्तनका संवाहकहरुलाई आज एक सम्मान कार्यक्रम गरि विदाइ गरिएको छ ।
बारबर्दिया नगरपािलकामा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत दश बर्ष देखि विस वर्षका किशोरकिशोरीहरुलाई विदाका दिन शुक्रवार र शनिवार कक्षा संचालन गरि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, निर्णय र अधिकार, लैगिंक समानता लगायत बिभिन्न सकारात्मक बिषयमा कक्षामा सेसनहरु संचालन गएिको थियो ।

करिब १८ महिना सम्म संचालन गरिएको कक्षामा २ सय किंशोरकिशोरीहरुको सहभागिता रहेको थियो । कक्षामा सबै सेसनहरु समाप्त भएपश्चात किशोरकिशोरीहरुलाइ परिवर्तनका संवाहकका रुपमा बिदाइ गरिएको हो ।
परिवर्तनका संवाहकहरुले समुदायमा दौतरी शिक्षा मार्फत वाल विवाह रोकथाममा बिशेष रुपले अभियान संचालन गरि समुदायलाइ बालविवाह घोषणा अभियानमा सहयोग पुर्याउने आशा लिएको कुरा बि–ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशलले बताउनु भयो ।
परिवर्तनका संवाहकहरुले समुदायमा वाल विवाह जस्ता हानिकारक अभ्यासमा आफ्नो सकारात्मक भुमिका खेल्ने, यसले समुदायमा सकारात्मक परिवर्तन आउने कुरामा प्लान नेपालका परियोजना अधिकृत बिमल गैरेले बताउनुभयो ।
कार्यक्रममा परिवर्तनका संवाहक किशोरकिशोरीहरुलाइ प्रमाण पत्र र उपहार हस्तान्तरण गरि सम्मान गरिएको थियो । कार्यक्रममा किशोरकिशोरीहरुले नाचगान तथा गितहरु प्रस्तुत गर्नुभएको थियो ।
सम्मान कार्यक्रम सिओसी कक्षा ब्यवस्थापन समितिका अध्यक्ष मिरा परियारको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज शर्मा, शिक्षा शाखाका खोमराज काफ्ले आफ्नो बिचार राख्नुभएको थियो । कार्यक्रममा स्थानिय बडघर र अभिभावकहरु उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रम भेरी वातावरणिय बिशिष्टता समुह (वि -ग्रुप) र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजना गरिएको थियो भने कार्यक्रम संचालन बि–ग्रुपका शिक्षा कार्यक्रम प्राबिधिक संयोजक लक्ष्मी शर्माले गर्नुभएको थियो ।

२०८० मंसिर १८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।