साकार कृषि सहकारी संस्था लिमिटेडले आफनो १२औँ बार्षिक साधारणसभा सम्पन्न

|

नेपालगन्ज । राप्तीसाेनरी गाउँपालिका वडा नम्बर ६ टेपरी बाँकेमा अवस्थित प्रधान कार्यालय साकार कृषि सहकारी संस्था लिमिटेडले आफनो १२औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । साधारणसभामा आ.व. २०७९÷०८० मा संस्थाले ३० करोड ९२ लाख २ हजार ७ सय ३८ रुपैयाँ बराबारको कुल कारोबार गरेको छ । जसमा शेयर पुँजी ३ करोड ५९ लाख २४ हजार ५०० सय  गदैं ३७ लाख २७ हजार ७ सय ३७ रुपैयाँ संस्थागत खुद नाफा गर्न सफल भएको र ६ वटा सेवाकेन्द्र रहेको सस्थाका अध्यक्ष मनाेज कुमार मौर्यले जानकारी दिनुभयो  ।

साकारकाे लागि स्वास्थ  र खुसी सदस्य  भन्ने मुल नाराका साथ साधारणसभाका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रतिनिधी सभा सदस्य कृष्णा केसी (नमुना )ले मैनबत्ती बलाएर उद्वघाटन गरेकी थिइन् । बाँकेमा साकार कृषि  सहकारीले उत्कृष्ठ काम गरी हामी सवैको संस्था भएकाले सवै लाग्नमा पर्ने नेतृत्वदायि भूमिका खेल्नु पर्ने बताइन् । साकार  सहकारीमा सवै आवद्ध भएर यसलाई प्रदेश नम्बर ५ कै उकृष्ट बनाउन लाग्नु पर्ने, जसले गर्दा संस्था मात्र नभएर जिल्लाको नाम समेत कृषि श्रेत्रमा अगाडि आउने बताइन्। विशिष्ट अतिथि जिल्ला सहकारी संघ लि. का प्रतिनिधी दिलिप बुढाथोकीले साकार कृषि  सहकारी संस्थाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेको र जसले बाँके जिल्ला उकृष्ठ संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गरेका छन् ।साकार कृषि  सहकारी संस्था लिमिटेडका ब्यबस्थापक जमानसिंह वलीले सहकारीको संस्थागत श्रवय दृश्य माध्यमवाट संस्थाकाे वृत्तचित्रवाट गरिएको गतिविधिवारे बताउनु भएकाे थियाे ।अतिथिहरुमा लक्ष्मी बिस्ट,अन्नु मल्ल , गिता अधिकारी , कृष्णा थारु , लगाएतका साधारण सभामा सहभागी रहेको सहकारीका व्यवस्थापक जमानसिँह वलिले जानकारी दिनुभयो।

२०८० मंसिर १६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।