नेपालगन्ज । सहयात्री नेपालको आयोजना तथा गैरआवासीय नेपाली संघ,अष्ट्रेलिया वुमन फोरम(नारी निकुन्ज)को सहयोगमा मानव बेचबिखन बिरुद्ध अभियान बाँके जिल्लामा सन्चालन भएको छ । सोही अभियान अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका बाल क्लबका पदाधिकारीलाई अभिमुखीकरण गरेको छ ।

सो अभिमुखिकरणलाई सहयात्री नेपालका अध्यक्ष ऋतिक शाही र सचिव अन्जना चतुर्बेदी र देवा क्षेत्रीले सहजीकरण गरेका थिए । हालको बदलिँदो प्रबिधिका कारण भैरहेको मानव बेचबिखनको पहिचान र रोकथाम , मानव बेचबिखनको परिभाषा , मानव बेचबिखन नियन्त्रण तथा ओसारपसार (नियन्त्रण) को ऐन २०६४ ,बच्ने उपाय र मानव बेचबिखन रोकथाममा हाम्रो भुमिका जस्ता बिषयहरु रहेका थियो ।

उक्त अभिमुखिकरणमा सामुहिक छलफल, प्रश्न उत्तर, समुह कार्य र घटना अध्यन जस्ता माध्यामहरुको प्रयोग गरि अभिमुखिकरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा १ दिवसिय अभिमुखिकरणमा बालिकाहरुले सिकेका कुराहरुले आफ्नो व्यक्तित्व बिकास गरेको र अझै यस्ता प्रकारका तालिम, कार्यक्रम र अभिमुखिकरण गरिरहन समेत आयोजकलाई अनुरोध गरेका छन् । आगमी दिनहरुमा मानव वेचविखनको जोखिम रहेका वस्तीहरुमा गएर सचेतीकरण कार्यक्रमको आयोजना गरिने र बालबालिकाको उद्धार गर्ने कार्य पनि गरिने सहयात्री नेपालककी उपाध्यक्ष अरुणा गुरुङ्गले जानकारी दिए ।






