भेरी नगरपालिकाका ३ वटा वडामा भुकुम्प प्रभावित बालबालिकाहरुका लागि ६ वटा बालमैत्री कक्ष निमार्ण

|

जाजरकोट / यहि कार्तिक १७ गते जाजरकोटको रामिडाडालाई केन्द्रबिन्दु भई गएको बिनासकारी भुकम्पका कारण सवैभन्दा धेरै बालबालिकाहरुको निधन भएको छ साथै जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार सवै भन्दा धेरै गभवती महिलाहरु, सुत्केरी महिलाहरु,बालबालिका र जेष्ठ नागरिकहरुनै प्रभावित भएको पाईएको छ । जाजरकोट जिल्लामा भएका सवै माटोले बनेका घरहरु चरकियका छन भने धेरैजसो पुराना घरहरु भत्कीयका छन् । चिसो मौसमका कारण घर भत्कीयका ब्यक्तिहरु त्रिपालमूनी बसिरहेकाछन् ।

दैनिक जिवनयापनका लागि बिभिन्न सहयोगि हातहरुबाट राहत पाइरहेका छन् । राहात बितरण प्रभावकारी तरिकाले ब्यवस्थीत गर्न एकद्वार प्रणालीबाट स्थानीयतहहरु मार्फत गरिएको छ जसमा समन्वय तथा ब्यवस्थापन जिल्ला बिपत ब्यवस्थापन समितिले गरिरहेको छ । यसै सन्दर्भमा बिधालय भवनहरु पनि भत्कीयका छन र धेरै जसो साना बालबालिकारुका कितावकापिहरु पनि भत्कीएका घरहरु सगै पुरिएका छन जस्ले गर्दा अफनो पठनपाठनमा सास्तीहुनुका साथै नजिकका साथिहरु गुमाउनुपर्दा उनिहरुलाई धेरै असर परेको देखिन्छ ।

बिभिन्न संस्थाहरुको समन्वय र सहकार्यमा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा को अगुवाईमा आवस्यक बालबालिकाहरु लाई मनोबिमर्स सवा उपलब्ध गराएको छ । भुकम्पबाट प्रभाबित बालबालिकाहरुलाई तत्काल भुकम्पको प्रभावलाई कम गरि उनिहरुमा हुनसक्ने जोखिमहरु न्यूनीकरण गर्नका लागि, एकै ठाउँमा बसि बिभिन्न खेलहरु खेल्ने,बाल संरक्षण तथा बालअकिारका बिषयमा सचेत गराउने उद्देश्यले पालिका स्तरीय बालअधिकार समिति र वडास्तरीय बाल अधिकार समितिको सहकार्यमा सेभ द चिल्ड्रेन र पडाडि क्षेत्र बिकास अभियानको साझेदारी तथा सशस्त्र प्रहरीबलको सहयोगमा भेरीनगरपालिकाको वडा नं १ को रिम्ना,कालेगाउँ र मैदे ,वडा नं २ को दारागाउँ त्यस्तै वडा नं ३ को स्याला र वडा नं ५ को काफलचौरमा गरि जम्मा ६ बालमैत्री कक्ष स्थापना गरिएको छ । जस्मा जम्मा १३० भन्दा बढी बालबालिकाहरु लाभावीत हुने छन भन्ने कुराको जानकारी पहाडी क्षेत्र बिकास अभियान द्धारा संचालित अवसर दोस्रो परियोजनाका बाल संरक्षण संयोजक शेषकान्त शर्माले जानकारी गराउनुभयो र उक्त कक्षहरुलाई ब्यवस्थीत तरिकाले संचालन गर्नका लागि सेभ द चिल्ड्रेन र पडाडि क्षेत्र बिकास अभियानले सहयोग गर्ने छ भने वडा बाल अकिार समितिले उक्त कक्षमा भएका सिकाई सामाग्रीहरु लाई सुरक्षीत राख्न र व्यवस्थापन गर्नका लागि आफ्ना सदस्यहरुलाई निर्देशन दिएको छ ।

 

२०८० मंसिर १२, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।