विष्णु सापकोटाद्वारा लिखित उपन्यास ‘अडिएका पाइला’ लोकार्पण

|

काठमाडौं । उपन्यास ‘अडिएका पाइला’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा-प्रतिष्ठानको डबलीमा शनिबार एक कार्यक्रमबीच लेखक मञ्जुश्री थापा र लेखक विष्णु सापकोटाले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा लेखक तथा अनुवादक मञ्जुश्री थापाले पुस्तकमा बौद्धिक तहका युवाहरूको एउटा जेनरेसनको चित्रण रहेको बताउनुभयो । पुस्तकमा त्रिभुवन विश्वविद्यालयको आन्तरिक वातावरणको राम्ररी चित्रण गरिएको छ । ‘यो क्याम्पस नोबेल हो, यो एउटा प्रेम कथा हो ।

यो उत्तरद्वन्द्वकथा हो, यस उपन्यासमा क्रान्तिपछिको युवापुस्ताले खोजेको परिवर्तन र उनीहरूमा रहेको दुविधाको राम्ररी चित्रण गरिएको छ,’ थापाले भन्नुभयो । पुस्तकमा पात्रहरू एकै उमेरका रहेको र जसले के गर्दा ठीक, के नगर्दा ठीक भन्ने उमेरका युवाहरूको चित्रण गर्ने उहाँको भनाइ थियो ।

२०८० मंसिर १०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।