नेपालगञ्जमा ट्यांकरको ठक्करबाट एक जना युवतीको मृत्यु

|

नेपालगञ्ज । नेपालगञ्जमा ट्यांकरको भयानक ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ ।

धम्बोझी चोक नजिकै आज साँझ ना।३ ख। ८८५२ नम्बर ट्यांकरले ठक्कर दिँदा नेपालगञ्ज-१७ की १७ बर्षीया युवती सालिनी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

बुवाले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ ।

२०८० मंसिर १०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।