
बर्दिया । बर्दियाको गुलरियास्थित एक घरमा गएराति आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया- ४ तुलापुरमा रहेको भरत चन्दको घरमा शुक्रबार राति १० बजे आगलागी भएको हो। जिप्रका बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार मृत्यु हुनेमा भरत चन्दका ७ वर्षका छोरा कृष चन्द, २ वर्षका छोरा कार्तिक चन्द, भरतकी दिदी ३६ वर्षकी राधा बुढा र उनकी ११ वर्षकी छोरी मानुषी बुढा छन्। राधा छोरीलाई लिएर भाइको घरमा पाहुना लाग्न जाँदा घटना भएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर भरतकी पत्नी २८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन्। उनको गुलरिया असप्तामाल उपचार भइरहेको एसपी शाहीले जानकारी दिए।