
बर्दिया / बढैयाताल गाउँपालिका वडा न.१ का जाजरकोटी एकता समुहले आफनो लोप हुदै गईरहेको परम्परागत तथा मौलिक कला, भाषा, भेषभुषा तथा संंस्कृतिलाई जर्गेणा गर्ने उद्धेश्यले संगठित भई अघि बढेको छ ।
४ बर्ष अघि बीर सिह बुढा क्षेत्रीको नेतृत्वमा जाजरकोटी एकता समुह गठन गरि आफनो भाषा तथा संस्कृतिलाई जोगाउन प्रयत्नशिल रहेको छ ।
नेपालीहरुको महान पर्व दशै तथा तिहार तथा विशेष कार्यक्रममा गर्रा तथा मयुर नाचको प्रस्तुती गरिन्छ । सो समुहका सल्लाहकार संयोजक तथा बढैयाताल गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीका अनुसार नेपाली मौलिक भाषा, लोक सस्कृति तथा नृत्यहरुको जग्रेणा गर्नुका साथै सामाजिक सेवामा सहयोग गर्न सो समुह गठन गरिएको बताउनुभयो ।