खजुरामा करेन्ट लागेर एक जनाको मृत्यु

|

खजुरा । बाँकेको खजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खजुरा १ मा रहेको माछापोखरीमा छाडेको करेन्ट लागेर खजुरा गाउँपालिका वडा नम्बर १ का सविन रानाको मृत्यु भएको हो ।

स्थानीय पूर्ण लम्सालले आफ्नो माछापोखरीमा छाडेको करेन्ट लागि रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लम्सालले माछा चोरी हुने गरेपछि लम्सालले पोखरी वरिपरि करेन्ट फिट गरेका थिए ।

जालसहित पोखरीमा माछा मार्न गएका रानालाई त्यहीँ करेन्ट लागेको हो । रानासंग अर्को एक जना पनि गएको बताइएको छ ।

२०८० मंसिर ४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।