प्लान नेपालद्वारा भूकम्प प्रभावित ५०० परिवारलाई गैर खाद्य सामग्री वितरण

|

जाजरकोट । प्लान इन्टरनेशनल नेपालले जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प प्रभावित ५०० परिवारमा गैर खाद्य सामग्री वितरण गरिएको छ । नेपालको राजधानी काठमाडौंबाट उत्तर पश्चिमको जाजरकोट र पश्चिम रुकुम जिल्लाहरूमा गएको भुकम्पका कारण प्रभावित परिवारहरुलाई प्लान इन्टरनेशनल नेपालले तात्काल सहयोग पुरयाएको छ । शुक्रबार, नोभेम्बर ३ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पले सयौं परिवारलाई विस्थापित गरेको छ र धेरैलाई तत्काल सहयोगको आवश्यकता परेको छ ।

विपद् प्रभावित बालबालिकाहरू र उनीहरूका परिवारको जीवन सुरक्षामा सहयोग गर्नका लागि प्लान इन्टरनेशनल नेपालले ५०० परिवारमा तत्काल गैर खाद्य सामग्रीहरू वितरण गरेको साथै जाजरकोट जिल्लाको नालगड नगरपालिकामा १०० शिशुहरूका लागि बाल किट (नवजात शिशुका लागि तातो लुगा) पनि समावेश छ । प्लान इन्टरनेशनल नेपालले प्रभावित क्षेत्रमा आफ्नो आपतकालीन प्रतिकार्य समूहका सदस्यहरूलाई पठाई स्थानीय सरकारसँगको सहकार्यमा राहत सामग्री वितरण गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाललको राष्ट्रिय निर्देशक, राम किसन भन्नुहुन्छ्, “हाम्रो मन जाजरकोट र रुकुमका भुकम्प प्रभावित समुदायसँग छ,र हामी ती प्रभावित समुदायलाई सके सम्म धेरै सहयोग गरी जीवनलाई सामान्य अवस्थामा फर्काउन सस्था प्रयासरत छ ।

प्लान ईन्टरनेशनल नेपालका आपतकालीन प्रतिकार्य समूहका सदस्यहरु स्थानीय सरकार तथा साझेदारी संस्थाहरुसँग समन्वय र सहकार्य गर्दै अस्थायी आवास, सफा खानेपानी, खाद्य, संरक्षण, शिक्षा र स्वास्थ्य सेवा सम्बन्धी थप जानकारी जुटाउँदैछन । प्लान इन्टरनेशनल नेपालले बालबालिकाहरू र जोखिममा परेका समुदायको सुरक्षालाई प्राथमिकतामा राखेर विपद् पछि उहाँहरुको सुरक्षा सुनिश्चित गर्ने कुरामा पनि बिषेश ध्यान दिएको छ ।

२०८० कार्तिक २२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।