बी–ग्रुपको २४ औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न

|

नेपालगन्ज /  भेरी वातावरणीय विशिष्टिता समूह (बी–ग्रुप)को आज २४ औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न भएको छ । संसदीय सचिवालयका पूर्व सचिव गोपालनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो साधारण सभामा प्रमुख अतिथि योगीले संस्थालाई अझ थप संस्थागत दिगापनाको लागि आफु सदैव तत्पर रहेको बताउनुभयो । साथै उहाँले जाजरकोट र रुकुममा जिल्ला आएको भुकम्पबाट पिडितहरुलाई सँस्थाले तत्काल राहत उद्धार र स्वास्थ्य साम्रगीको सहयोग गर्नु पर्ने बताउनुभयो ।

सो साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव कालिका बस्नेतले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक बार्षिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष नर्वदा दाहालले प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष मिरा खनालले शुभकामना दिनु हुदै संस्थामा कार्यरत कर्मचारीहरुलाई सम्मान गर्नु पर्ने र कर्मचारीको हौशला प्रदान गर्नु पर्ने बताउनुभयो ।

परियोजना सन्चालन भएका बाँके र बर्दिया जिल्लाका सरोकारवाला निकायहरुले बार्षिक साधारण सभाको शुभकामना ब्यक्त गर्नु भएको थियो । साथै संस्थाले सन्चालन गरेको परियोजनाको बारेमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।

सो साधारण सभामा संस्थामा आर्थिक बर्ष २०७९/०८० मा सन्चालन भएको परियोजनाको बारेमा बृहत छलफल गरिएको थियो । सो साधारण सभा संस्थाका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण सस्थाका सहसचिव कमल खत्रीले गर्नुभएको थियो ।

२०८० कार्तिक १८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।