भूकम्पबाट घाइते १७ जना विरामीहरुको उपचार भेरी अस्पतालमा हुँदै

|

नेपालगन्ज । जाजरकोट भूकम्पमा परी गम्भीर घाइते भएका जाजरकोटका १७ जना घाइतेलाई नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । जाजरकोट भूकम्पमा परी घाइते हुनेलाई भेरी अस्पतालमा पु¥याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो । अहिले सम्म नेपाल एयरको बिमान बाट १८ महिनाको शिशु सहित १७ जना घाईतेलाई उपचारका लागी ल्याईएको छ । अन्य घाइतेहरू समेत जाजरकोट र रुकुम पश्चिमबाट भेरीमा ल्याउँदै गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

जारकोटमा गएको भूकम्पमा परी ठूलो मात्रामा मानिसको मृत्यु घाइते भएपछि उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष (डेडिकेटेड) अस्पतालका रुपान्तरण गरिएको छ । बाँके प्रशासनबाट बिहान ३ बजेबाटै तयारी थालिएको भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल बाहेक सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको उल्लेख छ ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ र पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र लजिस्टिक कि प्रबन्ध मिलाइएको बाँके प्रशासनले जनाएको छ । हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा २२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । ब्लडको अपुग भएमा फ्रेस ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्ज पुर्याइएको छ । जहाज घाइतेको उद्वार गर्न काठमाडौबाट रुकुम सल्ले हुँदै नेपालगन्ज आइपुगेको छ । जहाजलाई पाइलट पेम्बा शेर्पा र को–पाइलट सुजन पुरीले उडाएर ल्याएका हुन् । जाजरकोट र रुकुम पश्चिमका अन्य थप घाइतेहरुलाई पनि नेपालगन्ज ल्याइने बताइएको छ ।

२०८० कार्तिक १७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।