
नेपालगन्ज / नेपालका चर्चित पप गायक सुनिल सिंह ठकुरीको आफनो गृह जिल्ला बाँकेमा ओपन कन्सर्ट हुने भएको छ। रक अन फेस्टिवल सेलिब्रेसन विईथ सुनिल सिंह ठकुरी नामक कत्र्सट मार्फत ठकुरीले नेपालगन्जका दर्शकलाई मनोरञ्जन गराउने छन्।
आगामी कात्तिक २४ गते रामलीला मैदान नेपालगन्जमा हुने कत्रसटमा स्थानीय म्युजिक ब्यान्डको लाईभ प्रस्तुती, एकल तथा सामुहिक नृत्य लगायतका प्रस्तुती रहनेछन् । कार्यक्रमको दिन रामलीलाला मैदानमा फुड स्टल समेत राखिनेछ । कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको कन्सर्ट स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । जहाँ ठकुरीसँगै स्थानीय कलाकारले आफनो प्रस्तुती प्रदर्शन गर्नेछन् ।
कन्सर्टको सोसियल मिडिया पार्टनर नेपालगन्ज ग्यालरी रहेको छ। कन्सर्ट नेपालगन्ज ग्यालरी मार्फत लाईभ देखाइनेछ । गायक तथा संगीतकार समेत रहेका ठकुरीले दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल उनी जापानमा बस्दै आएका छन् । पहिलो एल्बम ुक्रेजी ह्याटु मार्फत उनले गायन क्षेत्रमा डेब्यु गरेका थिए ।
ठकुरीको पहिलो एल्बममा रहेको भुली भुली देउ, गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो । ठकुरीले गाएका गीत मध्ये ुघटना घट्यो, ुजनता जान्न चाहन्छन ,१४ अञ्चल, म मान्छे बिन्दास,बेबी सुन न चर्चित बनेका थिए। उनले जापानमा गाएको नागोया नागोया आउन बेबी नागोया चर्चित बनेको थियो ।
उक्त गीत मार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दै जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगद सहित पुरस्कृत गरेको थियो ।