
नेपालगन्ज । थारु कल्चरल गित मनरखना मनरखनीको छायाङकन सम्पन्न भएको छ । चर्चित थारु गायक सन्तराम थारु र गायीका सबनम चौधरीको मनरखना मनरखनी बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो ।
मनरखना मनरखनी बोलको म्युजिक भिडियोमा मुख्य भुमिका दिपक झबुवा, इसा थारु रहेका छन् भने गितको सहायक भुमिकामा सागर दहित, उर्मिला चौधरी, निरक झबुवा र गरिमा चौधरी रहेका छन् । यस्तै गितमा डाइरेक्सन चन्द्र प्रकाश दहित र राम राघव आचार्यको रहेका छ भने छायाङ्कनमा शुभाष दहितले गर्नुभएको छ । यस्तै मनरखना मनरखनी म्युजिक भिडियोको छायाङकन ठकुरबाबा नगरपालिका वडा नं. २ सुजनपुरमा भएको हो भने म्युजिक भिडियोको पोष्ट प्रोडक्सन संघारी मिडियाले गरेको छ ।