
मुगु / मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको छ । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी मुन्दु गाउँमा एकै घरपरिवारका चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, ७ महिने छोरा रहर बोहोरा, ८ वर्षीया छोरी छिता बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको हत्या भएको हो ।
८ गते बिहानदेखि ताला लगाएको देखेपछि छिमेकीले शुक्रबार बिहान ९ बजेतिर ढोका खोल्दा चारै जनाको बिभत्स रूपले हत्या भएको अवस्थामा गाउँलेहरूले देखेका थिए ।
हत्या भएको खबर पाउने बित्तिकै पिना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक ९डीएसपी० वीरेन्द्र थापाको कमान्डमा प्रहरी घटना स्थलमा पुगेको छ ।
प्रहरी नायव उपरीक्षक थापाले दिएको जानकारीअनुसार घटना दुई दिनअगाडि भएको अनुमान गरिएको छ । यसबारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।