
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा वडा नं ५ रामनगर मा रहेका नवनिर्मित बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की हातधुने स्थान बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष हिरालाल भाटको आथित्यतामा हस्तान्तरण गरिएको छ ।
मधुवन नगरपालिकामा वडा नं ५ रामनगरमा रहेको श्री आनन्द आधारभुत विद्यालयलाई भेरि वातावरणिय बिशिष्टता समुह (बि–ग्रुप) बाँकेले बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री पक्की हातधुने स्थान हस्तान्तरण गरेको हो ।
प्लान इन्टरनेशनल नेपाल, भेरी बातावरणिय बिशिष्टता समुह, (बि–ग्रुप) बाँकेको साझेदारि तथा मधुवन नगरपालीका शिक्षा,युवा खेलकुद शाखाको समन्वय तथा सहयोगमा बाल विवाह न्युनिकरण परियोजना मार्फत विद्यालयलाई पक्की हातधुने स्थान हस्तान्तरण गरिएको बि–ग्रुप बाँकेले जनाएको छ ।
विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री पक्की हातधुने स्थान २,६७,८८० रुपैयाँको लागतमा २०८० श्रावण ९ गते निर्माण सम्पन्न भएपछि हातधुने स्थान सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको बाल बिवाह न्युनिकरण परियोजनाका फिल्ड सुपरभाइजर गंगा गुरुङले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा बालिकाहरुको शिक्षण सिकाइ, बिद्यालयमा नियमितता,र स्वास्थ्य सरसफाइमा, अबस्थामा बिद्यालय छाड्ने दर कम हुने र बालिकाहरुको सिकाइ उपलब्धी मा वृद्दि भएको पाउनुका साथै बिद्यालयमा बालबालीकाहरु नियमित भइ रहने र वालीकाहरु वालविवाहको पर्नसक्ने जोखिम न्युनिकरण हुने अपेक्षा बक्ताहरुले आफनो भनाइ राख्नुभएको थियो ।
बिगत २ बर्षदेखि बर्दिया जिल्लाको बारबर्दिया नगरपालीका, मधुवन नगरपालीका, ठाकुरबाबा नगरपालीका, र गेरुवा गाउपालीकामा प्लान इन्टरनेशनल नेपाल, भेरि बातावरणिय बिशिष्टता समुह (बि–ग्रुप) को साझेदारि तथा परियोजना संचालन भएका स्थानिय तह संगको समन्वयमा बालविवाह न्युनिकरण परियोजना मार्फत बालिकाहरुको गुणस्तिरिय शिक्षा,वालविवाह जोखिम हुन नदिनका लागी आयआर्जनमा सहयोग, संरक्षण, र बिद्यालय स्तरमा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा सस्थाले पैरवी गर्द आइरहेको छ ।