‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट जुम्लाकी शाही पुरस्कृत

|

काठमाण्डौ । ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट जुम्लाकी पत्रकार दिलमाया शाही पुरस्कृत भएकी छन् । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा)ले प्रदान गर्दै आएको ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट शाही पुरस्कृत भएकी हुन । उनी सन २०२२ को नेजा पुरस्कारबाट पुरस्कृत भएकी हुन्।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीका अनुसार दिलमाया शाही ,जुम्ला, कर्णाली प्रदेश, सन्धान अनलाइन र कमला तामाङ ‘पाख्रिन’ सिन्धुपाल्चोक, बागमती प्रदेश, कान्तिपुर टेलिभिजन लाई संयुक्त रूपमा पुरस्कार प्रदान भएकोे बताए । रु २ लाख २२ हजार २२२ रुपैया २२ राशीको उक्त पुरस्कार दिलमाया र कमलालाई रु १ लाख ११ हजार १११ रुपैया ११ पैसाका दरले चेक हस्तानन्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा महासंघ र नेपाल अमेरिकी पत्रकार संघ (नेजा)को आयोजनामा गरिएको नेजा ग्रामिण पत्रकारिता उक्त पुरस्कार वितरण कार्यक्रममा दुवै जनालाई संयूक्त रुपमा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदान गर्नु भएको छ ।

नेजा पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासन क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिदै आएको छ ।

उक्त पुरस्कार वितरण गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ग्रमिण क्षेत्रमा रहेर आफ्नो पत्रकारिताबाट गम्भिर विषय उठाएर नेपाली समाजमा पुरयाएको योगदानको कदर गर्दै वधाई दिन चाहन्छु । आगामी दिनमा थप जोश जागर सहित पत्रकारिता क्षेत्रबाट योगदान गर्न अनुरोध गर्दै नेजालाई पनि यस्तो पुरस्कार स्थापना गर्नु भएकोमा प्रशंसनीय कार्य गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पत्रकारले नेपालको सामाजिक रुपमान्तर सहित नेपालको परिवर्तन, लोकतन्त्रमा आवश्यकता पर्दा गरेको योगदान पुरयाउदै आउनु भएको विषय महत्वपूर्ण रहेको छ ।

पुरस्कार ग्रहणपछि पत्रकार दिलमाया शाहीले आफ्नो मिहिनेतलाई फलमा परिणत भएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्, मेरो पेशागत दक्षतामा मेरो जिल्ला जुम्ला सहित जो जसले जहाँबाट सहयोग गरिरहेको छ, उहाँहरुलाई धन्यावाद दिन्छु ।

उक्त पुरस्कार वितरण कार्यक्रममा नेपाल सरकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा प्रेस सल्लाहकार गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सिलका अध्यक्ष वालकृष्ण बस्नेत, पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगित खड्का सहित बरिष्ठ पत्रकारहरुको उपस्थिति रहेको थियो । यसैगरी सो पुरस्कारबाट सिन्धुपाल्चोककी पत्रकार कमला तामाङ ‘पाख्रिन’ पनि पुस्कृत भएकी छन् ।

२०८० आश्विन २५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।