काठमाडौ । सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटको समयमा बझाङको पालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको पहिलो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै दिउँसो ३ बजेर ६ मिनेटमा पनि बझाङकै चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको थियो । भुकम्पको धक्का नेपालगन्ज क्षेत्रमा पनि महसुस गरिएको थियो ।