गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ बार्षिक साधारणसभा सम्पन्न

|

नेपालगन्ज । नेपालगन्ज उप–महानगरपलिका वडा नम्बर २ बाँकेमा अवस्थित गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १३औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । साधारणसभामा आ.व. २०७९÷०८० मा संस्थाले ९ करोड ६५ लाख ३५ हजार २ सय ६८ रुपैयाँ बराबारको कुल कारोबार गरेको छ । जसमा शेयर पुँजी १ करोड ३१ लाख १० हजार गदैं १८ लाख ८६ हजार ८ सय ८० रुपैयाँ संस्थागत खुद बचत गर्न सफल भएको सस्थाका अध्यक्ष प्रदिप चौधरीले बताए ।
साधारणसभाका प्रमुख अतिथि संस्थाको जेष्ठ सदस्य तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नः २ स्थित बस्ने मोहन गिरी रहेका थिए । विशिष्ट अतिथि बचत तथा ऋण जिल्ला सहकारी संघ लि. का कार्यबाहाक अध्यक्ष शुसिला पन्तले गुरुकुल बचत तथा ऋण सहकारी संस्थाले पहिलाको भन्दा अहिले धेरै प्रगति गरेको र जसले बाँके जिल्ला उकृष्ठ संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गरेका छिन् । बाँकेमा केही पुराना सहकारीले आर्थिक अनियमितता गरेकाले त्यसलाई निमिटेन्न गरी गुरुकुल सहकारीले उत्कृष्ठ काम गरी हामी सवैको संस्था भएकाले सवै लाग्नमा पर्ने नेतृत्वदायि भूमिका खेल्नु पर्ने बताइन् । गुरुकुल सहकारीमा सवै आवद्ध भएर यसलाई प्रदेश नम्बर ५ कै उकृष्ट बनाउन लाग्नु पर्ने, जसले गर्दा संस्था मात्र नभएर जिल्लाको नाम समेत अगाडि आउने बताइन्।

गुरुकुल बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष वर्तमान सल्लाकार प्रेम बहादुर शाहले गुरुकुल सहरकारीले बार्षिक प्रदिवेदनले काल्पनीक नभएर यर्थात भएको रहेको बताएका छन् । सहकारी क्षेत्र भनेको जोखिम र सम्भावित र सम्भावना बोकेको ठाउ भएकाले कुन चिजलाई समात्ने हो भन्ने कुरा सहकारी निर्भर रहने बताए । संस्था सक्षम हुनका निमित्त मालिक सन्तुष्ट हुने पर्ने बताए । सहकारीलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याएको भन्दैं जेष्ठ नागरिक जेष्ठ नागरीक पार्वती देवी गुप्ता सम्मान पत्र दिएको छ ।
कदरपत्र डा.कमर जहाँ, चन्दन शाही ,शुभम जँग शाह, अतिथि सम्मान सरिता चौधरी, कुमारी बुढाथोकी, सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरि लक्ष्मी देवी योगी, दमन राज चौधरी र अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । अतिथिहरुमा राष्ट्रिय सहकारी बैंक लि. का शाखा प्रमुख प्रकाश थपलिया, नेफ्स्कुन नेपालगञ्ज शाखाका शाखा प्रमुख छत्र प्रसाद धमाला, प्रारम्भ बहुउदेश्यीय सहकारी संस्था लि. का प्रबन्धक टेक लाल चौधरी, संस्थाका लेखा समिति संयोजक सूर्य नाथ योगी, लगाएतका साधारण सभामा सहभागी रहेको सहकारीका व्यवस्थापक टिकाराम चौधरीले जानकारी दिनुभयो।

२०८० आश्विन १३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।