
नेपालगन्ज । नेपालगन्ज निलसागर सेवा आश्रमले आफ्नो सातोैं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले आफू पदमा रहेसम्म आश्रमलाई सक्दो सहयोग गर्ने र अहिलेसम्म आश्रममा चलाउन सक्ने आट क्षमतालाई राज्यले बुझ्नु पर्ने हो यसरी सडक आश्रित बालबालिका तथा वुवाआमा आश्रय दिन र पालनपोषणमा सेवा दिनु सामान्य कुरो नरहेको मन्त्री बताउनु हुन्छ । पुर्व मन्त्री सुदर्शन बरालले शिलान्यास गरेको भवनलाई पूरा गरि आफ्नै कार्यकालमा भवन उद्घाटन गर्ने प्रतिबद्धता जनाएका छन ।
निलसागर सेवा आश्रमकी अध्यक्ष सरिता खनालको सभापतिमा प्रमुख अतिथी लुम्बिनी प्रदेश आर्थिक मामिला मन्त्री माननीय धन बहादुर मास्की, बिशिष्ट अतिथि माननीय विजय कुमार गुप्ता, अतिथि लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले , पुर्व माननीय देभराज भार, दाङ राप्ती गाउँ पालिकाका अध्यक्ष तथा दाङ निल सागर सेवा आश्रमका पुर्व अध्यक्ष प्रकाश विष्ट , नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट , कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदी , खजुरा गाउँ पालिका उप-प्रमुख मन्जु मल्ल , प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, डा. राजन पाण्डे लगायत महानुभावहरुको उपस्थिति रहेको थियो ।
निलसागर सातोैं बर्ष पूरा गरि आठौं बर्षमा प्रवेश गरेको भए पनि आश्रमको आफ्नै भवन नहुनुको पिढा र विगत जस्तो थोरै जनामा संचालन गरेर सुरु गरेको निलसागर हिजोआज हजारौं जनाको बासस्थान र थुप्रै ठाउँमा शाखा बिस्तारले आश्रम चलाउन निकै ग्राहो भएको छ र आश्रमको आफ्नै भवन नहुदा पुर्व लुम्बिनी प्रदेश माननीय सुदर्शन बरालले भवन उद्घाटन गर्नु भएको छ अधुरो पनि छ अब त्यो अधुरो भवन पूरा गर्ने जिम्मेवारी धन बहादुर मास्कीको रहेको अध्यक्ष सरिता खनालले बताउनु भयो ।
नेपालगन्ज बासीहरुको ठुलो सहयोग छ हालसम्म निलसागर लाई यहाँ सम्म ल्याउनलाई तर केन्द्रीय कार्यलय तथा आफ्नै भवन नहुदाको पिढा र अब भवन बनाउन सबै पालिका माननीयले सहयोग गर्नु पर्ने बताउनु भयो ।
निलसागर सेवा आश्रम निलसागरले हरेक बर्ष सम्मान गर्ने क्रममा आश्रमका उत्कृष्ट कर्मचारि, सहयोगी दाता तथा आश्रमका सम्पुर्ण कर्मचारीलाई सम्मान गरिएको थियो भने कार्यक्रम संचालन आश्रमका उपाध्यक्ष नारायण सुवेदिले गर्नु भएको थियोे ।