नेपालगन्जका वरिष्ठ कलाकार सिंह उपचारका लागि सहयोगको आग्रह

|

नेपालगन्ज । नेपालगन्जका चर्चित तथा बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरी यतिबेला क्यान्सरबाट पीडित भई उपचारार्थ अस्पताल भर्ना हुनु भएको छ । उहाँको उपचारमा सहयोग गर्न सबैसँग परिवारका सदस्यले आग्रह समेत गर्नुभएको छ ।

सिंह हस्तकला, चित्रकला, गीतसङ्गीत, साहित्य र नाट्य लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएका कलाकार सिंह यतिबेला मृत्युसँग सङ्घर्ष गरिरहनु भएको र उहाँको उपचारमा आर्थिक समस्या आएकाले परिवारले सहयोगका लागि आग्रह गर्नु भएको छ ।

वरिष्ठ कलाकार सिंहको आन्द्रामा क्यान्सर देखिएपछि अहिले उहाँ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ ।

तत्कालै उहाँलाई उपचारमा सहयोगका लागि श्यामानन्द सिंह, ग्लोबल आइएमइ बैक खाता न ०२१०८०१००००२९४ र ई-सेवा आइडी ९८४८०१८८२७, खल्ती आइडी ९८५१०३९४२७ मा रकम पठाउन सकिने परिवार स्रोतले बताएका छन ।

२०८० आश्विन १०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।