
नेपालगञ्ज । प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाल यादव समाज बर्किलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । डा. राणाले आफुले प्रतिनिधि सभा सदस्य पदमा रहेर पाउँदै आएको भत्ताबापतको रकम यादव समाज बाँकेलाई सहयोग स्वरुप प्रदान गर्नुभएको हो। यादव समाज बाँकेका पदाधिकारीहरुसहित अध्यक्ष सूर्यलाल यादवलाई एक समारोहकाबीच डा. राणाले पचास हजार बराबरको चेक प्रदान गर्नुभएको छ ।
सो क्रममा बोल्दै उहाँले सामाजिक कार्यमा सक्रियता देखाएको समाजले पछाडी परेकाहरुको नेतृत्व बिकास लगायतका सकारात्मक कार्यमा सहजता पुत्र आफुले सहयोग गरेको बताउनुभएको थियो । यस्तै समाजका अध्यक्ष यादवले पछिल्लो समयमा समाज समुदायसम्म पुगेर समस्याहरुलाई निराकरण गर्ने कार्यमा अघि बढेको र त्यस्ता कार्यहरु गर्न माननीय ज्यूको सहयोगले थप सहज बनाउने बताउनुभयो । डा. राणाले सामाजिक कार्यमा सक्रिय संघ संस्थाहरुलाई बिगतदेखि नै सहयोग गर्दै आउनुभएको छ ।
नेपाल उपमहानगरपालिकाको मेयर हुँदाका समयमा पनि आफुले पाउने भता विभिन्न संघ संस्थालाई प्रदान गर्दै आउनुभएको थियो । चेक हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष विमला यादव हेमराज यादव, सचिव रमेश यादव लगायतको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।