मिस्टर एण्ड मिस कोहलपुर सौन्दर्य प्रतियोगिता हुदै

|

पश्चिम नेपालकै सबैभन्दा ठुलो धनरासी भएको आयोजकको दावी

सोम गुरुङ, कोहलपुर । “उत्खनन प्रतिभाको पहिचान कलाको” भन्ने मूल नारा सहित कोहलपुरको विभिन्न ऐतिहासिक सांस्कृतिक तथा धार्मिक स्थलहरूको पर्यटन विकासमा सहयोग पुराउनको साथै नेपालको धर्म, भेषभूषा, सस्कृतिलाई जर्गेणा गर्ने उदेश्यको साथ कोहलपुर शहरमा शारदा इभेन्ट्स नेपालको प्रस्तुती मिस्टर एण्ड मिस कोहलपुर पश्चिम नेपालको सबैभन्दा ठुलो धनरासी भएको सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस कोहलपुर सिजन–२ को अडिशन शनिवारबाट कोहलपुरमा शुरु हुने पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम विजयीले नगद रु १ लाख र २ लाख शैक्षिक छात्रवृृति प्राप्त गर्ने शारदा इभेन्ट् नेपालले बताएको छ ।
युवा युवतीहरुको व्यक्तिगत क्षमता अभिवृद्धि, प्राकृृतिक सुन्दरता, नयाँ ज्ञानको कुराको विकास गर्दै व्यक्तित्व विकास गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएकोे शारदा इभेन्ट् नेपालका निर्देशक रोनिश राज गौतमले बताए ।

प्रतियोगिताले युवा युवतीहरुको व्यक्तिगत क्षमता अभिवृद्धि, प्राकृृतिक सुन्दरता, नयाँ ज्ञानको कुराको विकास गर्दै व्यक्तित्व विकास गर्ने निर्देशक गौतमले बताए ।  प्रतियोगितामा १५ देखि २५ वर्ष उमेर समूहका युवा युवती सहभागी हुन सक्नेछन् ।

यस अघि शारदा इभेन्ट् नेपालले कोहलपुरमा युवाहरुको व्यक्तिगत विकासका लागि मिस्टर एण्ड मिस कोहलपुर सिजन–१ साथै साँगेतिक कार्यक्रम जस्ता कार्यक्रमहरु आयोजना गरिसकेको ईभेन्ट म्यानेजर करिष्मा चन्दले बताईन् ।

२०८० आश्विन ५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।