
महिनावारी हुँदा अब कक्षा नछुट्ने किशोरीको भनाई
बर्दिया / मधुवन नगरपालीका वडा नं ७ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय दसरथबस्ती मा कक्षा ८ मा अध्ययनरत सन्धा भण्डारी आफ्नो विद्यालयमा विश्राम कक्ष स्थापना भएको भन्दै अब विद्यालयमा नियमित उपस्थित हुन समस्या नहुने बताएकी छिन् । महिनावारी भएको बेलामा पेट दुख्ने समस्या र दिनमा पटक पटक आवश्यक पर्ने प्याडको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयमा विश्राम कक्ष स्थापना भएपछि उनी अब विद्यालय नियमित हुने कुरा सम्झेर खुशी भएको बताउँछिन् । विद्यालयमा विश्राम कक्ष स्थापनासँगै दुखाई कम गर्ने औषधी, निशुल्क रुपमा स्यानेटरी प्याड र अन्य आराम का लागी आबश्यक सामाग्रीको समेत व्यवस्था गरेको उनले बताइन् । उनीजस्तै यस विद्यालयमा कक्षा ६ र ८ मा अध्ययनरत करिब ५५ जना छात्राहरुलाई महिनावारी भएको बेला विद्यालय अनुपस्थित हुने समस्या टरेको छ । विश्राम कक्षमा कुनै पनि छात्राले महिनावारी भएको बेला गएर आराम गर्न सक्ने, स्यानेटरी प्याड प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ ।‘पहिले पहिले महिनावारी भएको बेला छात्राहरू स्कुलमा आउँदैनथे । आएपनि पेट दुखेको छ भनेर बिचमै कक्षा छाडेर घर जाने गर्दथे,’ उनले भने, ‘अब महिनावारी भएका छात्रा निर्धक्कसँग विश्राम कक्षमा गएर आराम गर्न सक्छन्, नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक प्रदिप रिजालले भन्नुभयो ।
प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि बिमल गैरेले नेपाल राष्ट्रिय आधारभुत बिद्यालय दसरथबस्ती र गेरुवा गाउपालीकाको वडा नं ४ मा रहेको श्री सरस्वती आधारभुत बिद्यालयमा महिनावारी हुने छात्राहरूको समस्यालाई मध्यनजर गर्दै विश्राम कक्ष निर्माण गरिदिएको भन्दै आराम गर्नका लागि बेड, बेड म्याटिक्स,प्याड राख्ने क्याबिन,कार्पेट,पीफम,इलोक्टोनिक बर्निङ मेसीन,बेट सिट, बलाङकेट, महिनावारी कक्षका लागी आबश्यक सामग्रीहरूको व्यवस्था गरिदिएको छ । उहाँले दुई वटा विद्यालयमा कक्षा ६ कक्षा देखि ८ कक्षा सम्मका करिब २०० छात्राले सुविधाको प्रयोग गर्नेे बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेष गरी पहिलोपटक महिनावारी हुने छात्रालाई बढी पीडा हुन सक्छ । विद्यालयमा रहेको बेला महिनावारी भएमा छात्राहरू निकै समस्यामा पर्ने गर्छन् । यही समस्या नहोस् भनेर हामीले छात्रा विश्राम कक्षको स्थापना गरिदिएका हौँ।’कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने आफ्नो चाहना रहेको जनाउँदै अभिभावकले पनि महिनावारी भएको बेलामा छात्रालाई विद्यालय पठाउनु पर्ने बताउनुभयो । महिनावारी भएको बेलामा दैनिक सरफाइ गर्नुपर्ने र सन्तुलित खानाका साथै आरामको व्यवस्था गराउनु पर्ने बारेमा विद्यालयस्तरमा जनचेतना फैलाउने कार्य गर्नुका साथै यसको उचित संरक्षण गनुपर्ने बताउनु भयो ।
श्री सरस्वती आधारभुत बिधालयका प्र.अ नारायण प्रसाद पौडेलले सस्थाले विश्राम कक्षका लागी उपलब्ध गराएको सामाग्रीको उचित रुपमा बालबालीकाले वालबालीकाको सहभागीतामा यसको सदुपयोग गर्ने र बिद्यालयमा बालीकाहरुको महिनावारी भएको बेला बिद्यालयमा अनियमित हुने दर घट्ने अपेक्षा गर्दै यस सहयोग कार्यका लागी प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरण्ीाय बिशिष्टता समुह बि–ग्रुपलाई बिषेश धन्यबाद दिनु भयो ।
प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय बिशिष्टता समुहको आर्थिक साझेदारी र मधुवन नगरपालीका, गेरुवा गाउपालीका शिक्षायुवा तथा खेलकुद शाखा बर्दियाको समन्वयमा २ वटा बिद्यालयमा करिब विश्राम कक्ष निर्माण गर्न एक बिद्यालयका लागी करिब रु १,४५,८०० का दरले २ वटा बिद्यालयको सामाग्रीका लागी २,९१,६०० बरावरको सामाग्री २ वटा बिद्यालयलाई हस्तान्तरण गरिएको प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनु भयो ।