क्वारेन्टाईमा रहेका किशोरी तथा महिलाहरुलाई प्याड वितरण जारी

|

बाँके, जिल्लाका बालअधिकारकर्मी तथा सामाजिक अभियानमा कार्यरत युवाहरु द्धारा संचालित सहयात्री नेपाल ग्रुपको आयोजनामा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देश लकडाउनबाट गुज्रीरहेको अबस्थामा छिमेकी राष्ट्र भारतबाट नेपाल फर्किएका किशोरी तथा महिलाहरुलाई जमुनहा नाकामा साथै नेपालगन्ज महेन्द्र बहुमुखी क्वारेन्टाईमा रहेका १३–५० वर्ष उमेरका किशोरी तथा महिलाहरुलाई प्याड वितरण गरिएको छ ।

यस अभियानमा विभिन्न सामाजिक कार्यमा आवद्ध व्यक्तीहरु कोहलपुरबाट पारसमणी आचार्य, काठमान्डौ बाट सृजना बज्राचार्य, नेपालगन्जबाट पुजा चौवे, हाम्रो सेसन साथै यस गु्रपका सम्पुर्ण पदाधिकारीहरुको सहयोग रहेको छ ।

 

 

हालसम्म जमुनहा नाकामा ४० र महेन्द्र बहुमुखिमा ५० गरि ९० जनालाई सेनिटरी प्याड वितरण गरिसकिएको छ । साथै यो प्याड वितरण अभियानका हालको लागि सहयात्री नेपाल ग्रुपको सचिव अन्जना चर्तुवेदीले बताउनु भयो ।

२०७७ असार १०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।