
बाँके,
मिति २०७७।०३।०९ गते जिल्ला बाँके राप्तीसोनारी गा.पा.वडा नं.०१ सिक्टाको जंगल स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको जि.चितवन भरतपुर महानगरपालिका १२ बस्ने बर्ष ४१ को कमल राज लम्सालले चलाई ल्याएको बा.१४ च. २७८९ नं.को कार आफै अनियन्त्रित भई रोड देखि अं.३ मिटर दाहिने साईडमा रहेको रुखमा ठोकिन गई दुर्घटना भएको छ ।
दुर्घटना हुँदा कार चालक र सोही कारमा सवार जि. पुर्वी नवलपरासी कावासोती न.पा.८ बस्ने बर्ष २२ को क्षितिज राज कुँवर घाईते भई उपचारको लागि मेडिकल कलेज कोहलपुरमा ल्याएकोमा चालक कमलराज लम्सालको उपचारको क्रममा मृत्यु भएको जानकारी सम्बन्धित ब्यक्ति हरुबाट प्राप्त भएको छ।
कारमा सवार क्षितिज कुमार कुवरको समेत मृत्यु भएको र दुर्घटना बारे थप अन्य अनुसन्धान भैरहेको जानकारी प्राप्त भएको छ ।