सिकाईका लागि उपयुुक्त वातावरण निर्माण विषयक अभिमुखिकरण सम्पन्न

|

ठाकुरबाबा । ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरिगाउँमा बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत सकारात्मक सिकाईका लागि उपयुुक्त वातावरण निर्माण विषयक एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल (बि-ग्रुप बाँके) को साझेदारी तथा ठाकुरबाबा नगरपालिकाकाको समन्वयमा कार्यक्रम संचालन गरिएको हो ।
बिद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्नका लागि उचित किसिमको वातावरण निर्माण गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका विभिन्न सामुदायिक बिद्यालयका शिक्षकहरूबीच विद्यार्थीको सिकाईलाई कसरी सकारात्मक बनाउन उचित किसिमको वातावरण निर्माण गर्न सकिन्छ भन्ने बारेमा वृहत छलफल तथा अन्तरक्रिया गरिएको छ ।
विद्यालयमा विद्यार्थीकोे सिकाइ क्षणभरको लागि मात्र नभई उनीहरुको जीवनमा समेत काम लाग्ने जीवनोपयोगी हुनुपर्नेमा जोड दिइएको छ । बिद्यार्थीको सिकाई प्रभावकारी बनाउनका लागि बिद्यालयमा शिक्षा र प्रविधिको व्यवस्था हुनुपर्ने, व्यवसाय र आयआर्जनको स्रोत हुनुपर्ने, शिक्षामा नैतिकता, व्यायाम, खेलकुद र सङगीतको व्यवस्था गरिएको हुनुपर्ने लगायतका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बिद्यालयमा प्रशंसात्मक खोज विधि अन्तर्गत रहेर विद्यार्थीको कमजोरी र राम्रो पक्ष पत्ता लगाई विद्यार्थीको नराम्रो पक्षलाई अभिभावक समक्ष राख्नुपर्ने र राम्रो पक्षलाई लिएर विद्यार्थीको प्रशंसा गर्नुपर्ने बिषयमा छलफल गरिएको हो । जसले गर्दा विद्यार्थीको मनोबल बढ्दै जाने र विद्यार्थीलाई पढाईमा थप सहज हुने कार्यक्रम प्रशिक्षक जीत बहादुर शाहले बताउनुभयो । बिद्यार्थीका आर्थिक, सामाजिक समस्याका साथै यौनिक समस्याहरु बिद्यालय र अभिभावक दुवैले बुझ्न जरुरी रहेको र बालबालिकालाई प्र्रशस्त समय दिनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा वर्तमान समयमा विद्यालय उमेर समुहका विद्यार्थीहरूमा शारीरिक तथा मानसिक रूपमा असर पर्दा उनीहरूले आत्महत्या जस्ता गतिविधि गर्न सक्ने भएकाले यस्ता गतिविधिलाई नियन्त्रण गर्नका लागि खुशीका लागि शिक्षा, स्व–व्यवस्थापन र गर्न नसक्दा धेरै वालबालीकाहरु बिद्यालय छाड्ने दर बढेको र यसको न्युनिकरणका लागि अपनाउनुपर्ने विभिन्न उपायहरूका बारेमा छलफल गरिएको छ ।
यसैगरि कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका परियोजना प्रमुख बिमल गैरेले बालबालिकाहरू सिकाई प्रभावकारी बनाउन विद्यालयहरुले समय समयमा विद्यार्थी र अभिभावकहरूलाई एकसाथ राखी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले विद्यालयमा विद्यार्थीको उपस्थिति कस्तो छ भनेर ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । बिद्यालयको शिक्षालाई गुणस्तिरिय बनाउनका लागी बिद्यालयमा शिक्षकहरुको महत्वपुर्ण भुमिका रहने हुदा बिद्यालयमा गुनासो सुनवाई समेन्त्र,वालमैत्री आचारसंहिता निर्माण गरिएको र सोको कार्यान्वयन भएको हुनुपर्ने,बिद्यालयमा वालमैत्री तथा लैगिक मैत्री शिक्षण सिकाइ भएको खण्डमा नमुना बिद्यालय बन्ने र बालबालीकाहरु बिद्यालयमा टिकिरहने र उनीहरुको सिकाइ उपलब्धी बृद्दि भई वालविवाह को जोखिम कम हुनेछ । उहाँले कक्षा ८ पास भएर पढाई छोडेको दुई बर्ष पूरा भैसकेका विद्यार्थी भएमा त्यस्ता विद्यार्थीहरू खुल्ला शिक्षा बाट माध्यमिक शिक्षा परिक्षा (एसईई) मा समावेश हुन पाउने व्यवस्था रहेको समेत बताउनु भयो कार्यक्रममा ठाकुरबाबा नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक विद्यालय्का प्रधानाध्यापक, शिक्षक शिक्षिका, लगायत भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) बाँकेका कर्मचारीहरूको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन जीत बहादुर शाहले गर्नु भएको बि ग्रुप बाँकेकी फिल्ड सुपरभाइजर बिमला रावतले जानकारी दिनुभयो ।

२०८० श्रावण २१, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।