
बाँके । नेपाल एथ्लेटिक्स संघ, बाँकेले आज आफ्नो चौथो जिल्ला आधिवेशन सफलतापुर्बक सम्पन्न गरेको छ। आजको सभामा कुल ११ बोर्ड सदस्यहरू सर्बसहमत निर्वाचित भएका छन् । जसमा राजेन्द्र कुमार शाहीलाई अध्यक्षको पदमा चयन गरिएको छ। शाहीको खेलकूदमा लामो अनुभब पनि रहेको छ। सो अधिबेशनमा प्रमुख अतिथिको रूपमा राष्ट्रिय एथ्लेटिक्स एसोसिएसन नेपालकी गीता कुमारी बस्नेत र अतिथिमा खेलकूद विकास समितिका सदस्य जावेद अहमदको उपस्थिति रहेको थियोे । सो अधिबेशनमा यम नारायण महतो निर्वाचन अधिकारीको रूपमा नियुक्त गरिएको थियो।
सभामा पुर्बअध्यक्ष विक्रम जंग थापाले आफ्नो पुर्बकालको बारेमा उल्लेख गरी आगामी कार्यकालको लागि सबैलाई शुभकामना दिनुभयो । यस सम्मेलनमा अध्यक्षमा राजेन्द्र कुमार शाही, उपाध्यक्ष पदमा अमर जंग थापा र माया पौडेल मल्ललाई चयन गरिएको थियो । सचिव पदमा मिना चौधरी, कोषाध्यक्ष पदमा ऋतिक शाही र सदस्यहरुमा पदमा विक्रम जंग थापा, बुद्धि राम महतो, गौतम कुमार श्रेष्ठ, चित्रकला थापा, रामझाण अली सल्मानी र कौशिला भण्डारी चयन भएका छन् । नबनिर्बाचित अध्यक्ष शाहीले आफुले खेलकूद र एथ्लेटिक्सको विकासमा स्थानीय सरकारसङ्ग समन्वय र सहकार्य गरि कार्य गर्ने प्रतिबदत्ता जनाउनु भयो ।