अमेरिका/ गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ को कार्यकालमा सचिव (महिला) पदमा काम गरिसकेकी सुनिता सापकोटा कंडेल एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचन २०२३-२०२५ कार्यकालमा महिला उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएकी छिन्।
नवल परासीको गैंडाकोटमा जन्मेर चितवनमा जन्मेकी कंडेल किशोरी हुँदा देखि नै कम्युनिटी रेडियो बिजय एफएममा काम गरेको बताउने सुनिताले २०१४ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा आएको आफू यहाँ आएको समय देखि नै नेपाली महिलाहरुको विश्वसंजाल (NWGN) को क्यालिफोर्निया च्याप्टरमा सकृय रहेको बताउंछिन् ।
महिला तथा युवाको क्षेत्रमा मात्र होइन नेपाली जनसम्पर्क समिति अमेरिकाका गतिबिधिहरुमा सक्रिय रहेकी कंडेल हाल युवा तथा महिलाको पुर्ण सहभागिता हुन सकेमा हाम्रो नयाँ पुस्ताको सपनाहरु साकार गर्न सकिन्छ भन्दै एनआरएनए एनसीसी अमेरिकाको चुनावी यात्रामा लागिरहेकी छिन् ।
संस्थागत विकासका लागि ‘पारदर्शी, समावेशी र विश्वसनीय परिवर्तन’ अपरिहार्य छ’ भन्ने मूल नारालाई समर्थन गर्दै एनआरएनमा युवा र महिलाहरुको प्रतिनिधित्व संघको नीति-निर्माण तहमा हुनुपर्ने उहाँको भनाइ रहेको छ।
महिला र युवाहरुको लागि सशकिकरण गर्न, नेतृव तहमा युवा र महिला पुर्याउन सम्पुर्ण अमेरिकाबासी नेपालीहरुप्रति साथ सहयोग र मतदानको निम्ति आह्वान गरेकी छिन् ।
आफू समावेसी, सहभागीतात्मक र नविन सोचका साथ आफुले पाएको ज़िम्मेवारीलाई अर्थपूर्ण ढंगले कार्यान्वयन गर्ने र आफु डटेर काम गर्ने प्रतिबध्दता समेत सुनिता कंडेलको रहेको छ।