परिबर्तन सम्भव छ र हामी गर्नेछौ – पदम ठकुराठी

|

अमेरिका/नेपालको डडेलधूरा – सुदूर पर्चिम जन्मनुभएका पदम ठकुराठी सन् २००८ देखी अमेरिका को टैक्सास राज्य को राजधानी ऑस्टिन शहरलीई कर्मभुमी बनाएर बसोबास गर्दै विभिन्न स्थानीय सामाजिक संस्था मा २००८ देखी सक्रिय हूंदै आईरहनु भएको छ ।

उहां(Greater Austin Nepalese society) मा २ कार्यकाल vice- president र Greater Austin community center को संस्थापक board of trustees साथै निर्माणाधीन पशुपति नाथ मन्दिर को Golden truestee को रुपमा सामाजिक योगदान गर्दै आईरहनु भएको छ ।

एनआरएनको सन्दर्भमा भने २०१७-२०१९ कार्यकाल Texas chapter general secretary र २०१९-२०२१ कार्यकाल एनआरएनए -एनसीसी ( BOD) भएर आफुले काम गरिसकेको छ।

अहिले गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समितिमा आफ्नो निरन्तरता र क्रियासिलताको लागि अमेरीकाको निर्बाचन (२०२३-२०२५ )को कार्यकालमा परिवर्तन अपरिहार्य छ भन्दै ठकुराठी डा. अर्जुन बंन्जाडेको टिम बाट ICC -Member ( एनआरएनए – अन्तर्राष्ट्रीय समन्वय परिषद सदस्य पद को उम्मेदवारी दिएका हुन् र सक्रिय ढंगले अमेरिकाको विभिन्न राज्यहरुमा एनआरएनए अमेरिकाको चुनावी अभियानमा दौडिरहेका छन् ।

प्रबासमा नेपालीको पहिचान एंव अमूल्य आर्दशलाई माथि उठाउन र संस्थालाई मर्यादित र ब्यबस्थापन गराउदै अगाडी बढाउने डा. बंजाडे टिमको मुख्य उध्येश्य रहेको छ ।

ठकुराठीले आगामी नयाँ कार्यकालमा परिवर्तन सम्भव छ र हाम्रै पालामा हामी गर्नेछौ भन्दै एनआरएनए मा ‘संस्थागत सुद्धिकरण र परिवर्तन’ अपरिहार्य र त्यसका लागि एकबद्धता भएर लाग्ने प्रतिबध्दता समेत गरेका छन्।

२०८० असार २४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।