अमेरिका/ गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२३ -२०२५ कार्यकालको निर्वाचनमा शान्ति वाग्ले पौडेल महिला सचिव पदका लागि उम्मेदवार हुनुहुन्छ।
नेपालको तनहुँ जिल्लामा जन्मेकी शान्ति वाग्ले पौडेल १९९४ देखि अमेरिका क्यालिफोर्निया राज्यको सन्फ्रान्सिसको डेभिसमा बस्दै आउनुभएको छ ।
पौडेलले स्थानिय नेपलिज फ्रेन्ड्स एण्ड कल्चरल एशोसियशन (नाफ्का)को भाइस प्रेसिडेण्ट (हाल)सेक्रमेण्टो नेपलिज लायन्स क्लब, सेक्रमेण्टोमा सामुदायिक केन्द्र लगायत थुप्रै स्थानिय संघ-संस्थामा रहेर काम गरिसकेको आफ्नो अनुभव बताउनुहुन्छ ।
पौडेल २०१९-२०२१ को लागि एनआरएनए एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको बोर्ड सदस्य साथै त्यसबाहेक एनआरएनए एनसीसी अमेरिकाको महिला फोरमको सदस्य पनि हुन् भने एनआरएनए एनसीसी)अमेरिकाको २०२१-२०२३ को निर्वाचित बोर्ड सदस्य हुन् ।
यि विभिन्न संघ संस्थामा काम गरिसकेको अनुभवका आधारमा डां बंजाडेको टिमबाट परिबर्तन अपरिहार्य छ भन्ने नारालाई सार्थकती तुल्याउन,संस्थालाई पारदर्सी, समाबेशी र बिस्वसनीय बनाउने काम साथै महिलाका मुद्धाहरुमा सक्रियताका साथ काम गर्न फ्रि पनि एनआरएनमा निरन्तरता दिएको बताउंछिन् ।
महिला सचिब शान्ति वाग्ले पौड्यालको प्रतिबध्दताका केहि बुदांहरु तल उल्लेखित छ।
१)महिला सचिबको रूपमा मैले महिला शसक्तिकरणलाई जोड दिंदै महासचिबको कामलाई सघाउन मद्दत गर्नेछु।
२)महिला सचिबको रूपमा मैले संस्थाको सचिवालयको पदेन सदस्यको रूपमा काम गर्नेछु, र सचिवालयको कामलाई चुस्त दुरूस्त र आधुनिकिकरण गर्न मद्दत गर्नेछु।
३) कार्य समितिको बैठक निर्णयहरू लेख्न तथा एनआरएनसंग सम्बन्धित पक्षहरुसंग समन्वय सहकार्य गर्न महासचिबलाई सघाउनेछु।
४) महासचिबको अनुपस्थितिमा वहॉले गर्नुहुने सम्पूर्ण कामहरू गर्नेछु।
यसका अतिरिक्त:
क)संस्थालाई पारदर्शी एवं गर्व गर्न लायक संस्था बनाउन मद्दत गर्नेछु।
ख) सम्पूर्ण एनआरएनलाई एकताको सूत्रमा जोड्दै नेपाली नागरीकताको निरन्तरता वा दोहरो नागरिकताको पक्षमा तपाईको आबाज सम्बन्धित पक्ष उठाउनेछ।
ग) अमेरीकामा भएका सम्पूर्ण नेपालीहरूको ज्ञान, सीप, साधन र स्रोतलाई नेपालको उत्तरोतर प्रगतीको लागी परिचालन गर्न!
घ) नेपालको कला संस्कृति, पहिचानलाई अमेरीकामा चिनाउन प्रयत्न गर्नेछु।
समग्रमा, महिला ससक्तिकरण मार्फत संस्थागत रूपान्तरणमा जोड दिनेछु।