महिला शशक्तिकरण, समावेशी र पारदर्शिता आजको आवश्यकता -छत्र गुरुङ

|

अमेरिका/अमेरिकाको NewHampshire राज्यमा बसोबास गर्दै आईरहनुभएको छत्र गुरुङ NewHampshire मा भएका बिभिन्न सामाजिक संघ संस्थाहरुसंग आबद्द भई सामाजिक कार्यमा आफ्नो योगदान गर्दै आईरहेकी छिन्।

हाल(२०२३-२०२५)कार्यकालको लागि एनआरएनए (Candidate for NRNA ICC member)आईसीसी सदस्य पदमा उम्मेद्वारी दिएको उनि बिगत १२ बर्ष देखी एन आर एन ए एन सि सि अमेरिका सँग आबद्ध रही २०१५-२०१७ मा Women Empowerment Committee २०१७ -२०१९ मा By Laws Committee र २०१९- २०२१ मा NRNA NCC USA को Board of Director मा निर्वाचित भएर Citizenship and Immigration Committee chair, NRNA help desk and Women Empowerment Committee मा रहेर आफ्नो ज़िम्मेवारी पुरा गरिसकेकी छिन् ।

उनि हाल NH राज्य को नेपाली साहित्य समाज, र NewHampshire Nepali Community-NHNC को सल्लाहकार साथै बिभिन्न सामाजिक कार्यमा सक्रिय छिन्।

गुरुङ एन आर एन ए एन अभियानको लागि नौलो नाम हैन ,उनि नेपालमा छंदा क़ानून ब्यबसायीको रुपमा सर्वोच्च अदालतमा कार्यरत हुँदै, नेपाल बार एसोसिएसनको केन्द्रिय समितिको सदस्यमा निर्वाचित भई कानुनी सहयोग तथा परामर्स केन्द्र को पूर्व उपाध्यक्ष , Indigenous Women’s Legal Awareness Group (INWOLAG)को सस्थापक अध्यक्ष समेत भएर काम गरेको अनुभव बताउंछिन् ।
र नेपालको अन्तरिम संबिधान मस्यौदा समितिको सदस्य रही नेपाल सरकारको अन्तरीम संबिधान निर्माणमा समेत सेवा प्रदान गरिसकेकी छिन् ।

यसै सन्दर्भ मा आफ्नो कार्य दक्षता, र अनुभबको आधारमा एन आर एन ए लाई पारदर्शीता, समावेशी, विश्वासनीय र हामी सबैको साझा बनाउने अभियानमा जोडेर फेरी पनि निर्णय तहमा महिला सहभागितामा जोड दिने साथै यदि आफु एनआरएनए आई सि सि सदस्यमा निर्वाचित भएमा गैरआवसिय नागरिकताको सन्दर्भ मा पनि का म गर्ने मुख्य उध्येश्य रहेको बताउंछिन् ।

परिवर्तन अपरिहार्य छ र महिला सशक्तिकरण, समावेशी र पारदर्शिता आजको आवश्यकता हो एकपटक काम गर्ने मौका दिनुहोस् भन्दै अमेरिकामा बसोबास गर्नु हुने सम्पुर्ण गैर आबासिय नेपाली दाजु भाई दिदी बहिनी, आजीवन सदस्य तथा साधरण सदस्य ज्युहरुमा साथ , सहयोग एबं समर्थनको निम्ति अनुरोध गर्दै सदैव आफु सामाजिक परिवर्तन, गैरआवसिय नागरिकताको सवाल र महिलाको अर्थपूर्ण सहभागिताको पक्षमा उभिरहने प्रतिबध्दता ब्यक्त गरेकी छिन्।

२०८० असार २२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।