अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिए

|

काठमाडौं/अभिनेता सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

एसपी रिजालले घटनास्थलको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद नदेखिएको बताएका छन् । ‘अहिलेसम्म आत्महत्या नै भन्नेछ । त्यही पनि हामीले थप अनुसन्धान गर्दैछौं’, उनले भने ।
ताम्राकारको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

हाल छायांकन भइरहेको ‘ह्यासट्याग माया’ अभिनय गरिरहेका उनी अपरान्ह सुटिङबाट घर फर्किएको बताइएको छ र सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’,‘नमरी बाचे’ लगायत चलचित्रमा अभिनय गरेका छन् ।

२०८० असार २१, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।