
काठमाडौँ,
८ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला र पुरुषलाई बेग्लाबेग्लै क्वारेन्टाइनमा राख्नुपर्नेलगायत ५ बुँदा राखेर आवश्यक कार्यान्वयनकालागि पत्राचार गरेको छ ।
संघीय मामिला मन्त्रालय मार्फत ७ सय ५३ वटै स्थानीय तहमा पठाउन यसरी पत्राचार गरिएको हो । महिला र पुरुषलाई एकै क्वारेन्टाइनमा राख्दा दूव्यर्वहार बढेको, बलात्कारसम्मको घट्ना बाहिर आएको सन्दर्भमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले त्यसलाई रोक्न यस्तो निर्णय भएको हो ।