युवा उद्यमशिलता प्रबर्धनको लागि कार्यशाला सम्पन्न

|

नेपालगन्ज । युवा उद्यमशिलता प्रबर्धनको लागि नेपालगञ्जका युवाहरुसंग कार्यशालको आयोजना गरिएको छ।

आइएलओ सँगको साझेदारीमा युवा संस्था सञ्जाल (आयोन) काठमाडौ नेपालले सेल परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका सँगको सहकार्यमा आयोजित कार्यशालामा १०० बढि युवाहरूको सहभागिता रहेको थियो।
बागेश्वरी बहुमुखी क्याम्पसका प्रधायापक प्रमोद सुवेदीले उदमशिलता, उधमशिलताका विशेषताहरू, आवश्यकता र सिर्जनसिलताको विषयमा सहजीकरण गर्नु भएको थियो।

कार्यशालामा सहभागि १२ जना युवाहरुले व्यवसाय संचालनको लागि सिर्जनशिल विचारहरू प्रस्तुत गरेका थिए। जिल्ला युवा क्लव सञ्जाल बाँकेका सचिव राजन वर्माले सञ्चालन गर्नुभएको कार्यकममा कार्यक्रमको उद्देश्य बारे जानकारी आयोन लुम्बिनी प्रदेश उपाध्यक्ष आशिष वर्माले गर्नु भएको थियो ।

२०८० असार १४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।