लागुऔषध नियन्त्रण गर्न प्रहरी र स्थानीय विच समन्वयको आवश्यक्ता

|

नेपालगञ्ज / बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा न.७ मा लागुऔषध नियन्त्रण गर्न प्रहरी र स्थानीय नागरिकहरु अझै बढी सहकार्य र समन्वयमा जोड दिईएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा न.७ को आर्थिक सहयोगमा साहारा हाउस नेपालगन्जको आयोजनामा सरोकारवालाबीचको अन्तरक्रियामा सो कुरामा जोड दिईएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा न.७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठले लागुऔषध रोक्न नेपाल र भारतका सम्बन्धित निकाय लगायत संघसंस्थाले अझै गम्भीर भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले समुदायमा र विद्यालय तहमा सचेतनामुलक कार्यक्रममा पनि विषेश जोड दिनु पर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरिक्षक नरेश विकले लागुऔषधको प्रयोगकर्ता बढ्नुको कारण निकै दुखद भएको बताउँदै यस्ता अपराधिक कार्य रोकथाम गर्नका लागि समन्वय तथा सहकार्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्यहरु लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको पनि सहभागिता रहेको थियो । साहारा हाउसका कार्यकारी निर्देशक अभिराज क्षेत्रीले लागुऔषध नियन्त्रणमा साहारा हाउस बाँके जिल्लामा सक्रिय भई लागेको बताउनुभयो ।

२०८० असार ८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।